२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगमधुमेहका बिरामीका लागि फाइदाजनक मण्डुकासन

मधुमेहका बिरामीका लागि फाइदाजनक मण्डुकासन


शरीरमा प्याङ्क्रियाजले (अग्न्याशय) जब इन्सुलिनको उत्पादन बन्द गर्छ तब व्यक्तिको शरीरमा ग्लूकोज मात्रा बढ्छ। आजको समयमा खराब दिनचर्या र गलत खानपानका कारण मधुमेह रोग वयस्क देखि बालबालिकामा पनि देखिने गरेको छ। हाम्रो देशको एक ठूलो जनसंख्या यो रोगको चपेटामा छ।

मधुमेह रोगी हुनु व्यक्तिका लागि धेरै कष्टमय हुन्छ। मानिसहरु सुगरको मात्रा कम गर्नका लागि विभिन्न उपायहरु अपनाउने गर्छन। र महँगो औषधी सेवन पनि गर्ने गर्छन। तर पनि कुनै उचित परिणाम ननिक्लिएको हामी सुनिरहेका हुन्छौं। यसलाई नियन्त्रण गर्न केहि योगासन छन् जसले नियन्त्रण गर्न ठुलो भूमिका खेल्दछ। ती मध्ये एक हो मण्डुकासन आसन।

विधि :-

  • यो आसन गर्नका लागि सबैभन्दा पहिला घुँडलाई मोडेर वज्रासनको मुद्रामा बस्नुहोस्।
    अब तपाइँको औंलालाई हातभित्र राख्दै मुठ्ठी कडासँग पारेर बन्द गर्नुहोस।
  • अब दुवै बन्द मुट्ठी नाभि माथि राख्नुहोस्।
  • अब श्वास लिने र त्यसपछि छोड्दै आफ्नो शरीरलाई अगाडि झुकाउनुहोस्।
    केहि समयको लागी सोही स्थितिमा बसेपछि विस्तारै श्वास लिंदै वज्रासन मुद्रामा फिर्ता आउनुहोस्।
  • यस प्रकियालाई ३ देखि ४ पटक गर्नुहोस।

फाइदा

  • तपाईको पेटको भित्रि अङ्गलाई मसाज मिल्छ।
  • पाचनप्रणाली ठिक रहन्छ।
  • प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ।
  • मधुमेहलाई नियन्त्रणमा राख्छ।
  • वजनलाई नियन्त्रण गर्छ।

सावधानी

  • कम्मर र घुँडा दुख्ने व्यक्तिले गर्न हुँदैन।
  •  आसन गर्दा पेटलाई अत्याधिक दवाव दिनु हुँदैन।
  • माइग्रेन, बिपी हाइ हुनेले नगर्ने।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ