गृहपृष्ठ ∕ योग ∕ मेरुदण्डलाई बलियो पार्ने योग मेरुदण्डलाई बलियो पार्ने योग हेल्थ आवाज शुक्रवार, २०७८ चैत्र ११ गते, ०५:३० मा प्रकाशित योगी मत्सेन्द्रनाथको नामबाट यस आसनको नाम रहन गएको हो । ‘अर्धमत्स्येन्द्र’को अर्थ हो शरीरलाई आधा मोड़न अथवा घुमाउने। अर्धमत्स्येन्द्र आसन तपाइको मेरुदण्डका लागि अत्यन्त लाभकारक छ । यो आसन सही मात्रामा फोक्सोसम्म अक्सिजन पुर्याउने मद्दत गर्छ। विधि दुवै खुट्टा सिधा राखी बस्नुहोस् । अब दायाँ खुट्टालाई खुम्च्याउनुहोस् र यसै अवस्थामा बायाँ खुट्टाको माथि पर्ने गरी दायाँ खुट्टा खुम्च्याउनुस् र पैतालाले टेकी घुँडालाई माथि उठाउनुहोस् । अब बायाँ हातलाई दायाँ खुट्टाको छेउमै टाँसेर तन्काउँदै सिधा राख्नुहोस् र उक्त बायाँ हातले दाहिने खुट्टाको बुढीऔँलामा समात्नुहोस् । यसरी खुट्टाको औँलालाई समाती बसेको अवस्थामा दायाँतिर आफ्नो टाउको मोड्नुहोस् र सक्दो पछाडि हेर्नुहोस् तथा दायाँ हातलाई पछाडि लग हत्केलाको भाग बाहिर पर्ने गरी राख्दै बायाँ कोखातिर लैजाने प्रयास गर्नुहोस् । यस स्थितिमा शरीर हलचल नगरी, श्वासप्रश्वास सामान्य गर्दै केहीबेर बसिरहनुपर्छ । यसरी नै खुट्टालाई तलमाथि परिवर्तन गरेर पनि अभ्यास गर्नुहोस् । सावधानी गर्भावस्थाको सुरुका दुई-तीन महिनासम्म यो अभ्यास गर्नुहुन्छ तर त्यसपछि भने गर्नुहुँदैन । फाइदा अर्धमत्स्येन्द्रासनको अभ्यासबाट ढाडको मांसपेशी र मेरुदण्डलाई बलियो र लचिलो बनाउँछ । कलेजो, पेनक्रियाज र मिर्गौलालाई सक्रिय बनाउँछ । यो मधुमेहका लागि उत्कृष्ट आसन हो । ग्यास्ट्रिक अपच, भोक नलाग्ने, कब्जियत तथा कम्मर दुख्ने समस्यामा यो आसनको अभ्यासले फाइदा गर्छ । -राष्ट्रिय योगा विकाशक्रमबाट क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ३ ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ ४ क्यान्सर र खाना ५ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश ६ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ७ आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल नेपालमा मेडिकल टुरिज्मको सम्भावना नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता अघि बढ्यो स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिन प्यान र कर चुक्ता अनिवार्य एमएन हस्पिटल र टोखा नगरपालिका—१० बीच उपचारमा छुट सम्बन्धि सम्झौता शैलुङ अस्पतालका जग्गादाताहरु सम्मानित, गाउँमै गुणस्तरीय सेवा प्रवाह गर्ने बाल शल्यचिकित्सा सम्भावनाका ढोका, चुनौतीका पर्खाल नेपालमा मेडिकल टुरिज्मको सम्भावना नेशनल मेडिकल कलेजका आवासीय चिकित्सक र कलेज प्रशासनबीच ६ बुँदे सहमति उच्च अदालत पाटनद्वारा अस्पतालको सेवा प्रवाहमा अवरोध नगर्न जारी अल्पकालीन आदेशलाई निरन्तरता अघि बढ्यो स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया