२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगधुम्रपानको लत छुटाउन मद्दत गर्ने योगासन

धुम्रपानको लत छुटाउन मद्दत गर्ने योगासन


धुम्रपान गर्ने बानी स्वास्थ्यका लागि निकै गम्भीर मानिन्छ । मुटु र फोक्सोको स्वास्थ्यलाई असर गर्नुको साथै अत्यत्न  धुम्रपान गर्नेहरूलाई मधुमेह, मानसिक स्वास्थ्य, र मेटाबोलिक विकारहरूको जोखिम हुन्छ। यही कारणले गर्दा स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई यो अत्यन्त हानिकारक बानीबाट टाढा रहन सल्लाह दिन्छन्।

अध्ययनले धुम्रपानले क्यान्सर, मुटु रोग, स्ट्रोक, फोक्सोको रोग, मधुमेह र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) को जोखिम बढाएको देखाएको छ। यो बानीले आँखाको रोग र रुमेटोइड गठिया सहित प्रतिरक्षा प्रणाली समस्याहरू पनि बढाउँछ।  तपाई धुम्रपानबाट टाढा रहन चाहानुहुन्छ भने योगबाट पनि सम्भब छ।

स्वास्थ्य विज्ञहरूका अनुसार धेरै प्रकारका योगासनहरूको नियमित अभ्यासले तपाईलाई धुम्रपानको बानी त्याग्न मद्दत गर्न सक्छ। यी योगासनहरूको नियमित अभ्यास गर्ने मानिसहरूमा समयसँगै धुम्रपान गर्ने इच्छा कम हुँदै जान्छ। धुम्रपानको लत लागेका मानिसहरूले आफ्नो दैनिक अभ्यासबाट फाइदा लिन सक्छन्।

ती योगासनहरूको बारेमा विस्तृत रूपमा जानौं…

कपालभाती प्राणायाम

कपालभाती प्राणायामको अभ्यासले तपाईलाई धुम्रपानको बानी छोड्न मद्दत गर्न सक्छ। यस योगका फाइदाहरू शरीरको रक्तसञ्चार सुधार गर्न, केन्द्रीय स्नायु प्रणालीको नियमन गर्न र मस्तिष्क शक्तिलाई बढावा दिनमा हुन सक्छ। दैनिक प्राणायाम गर्ने मानिसमा धुम्रपान गर्ने इच्छा समयसँगै कम हुन थाल्छ। यो अभ्यासले मानसिक स्वास्थ्य सुधारमा पनि फाइदा पुर्‍याउँछ

बालासन

बालासन योगको अभ्यासले शरीरलाई आराम दिन्छ। स्नायु प्रणाली र तनावलाई शान्त पार्न तपाईंको लागि उपयोगी हुन सक्छ। यो योग दैनिक अभ्यास गर्नाले धुम्रपान गर्ने इच्छाबाट छुटकारा पाउन सकिन्छ। बालासन योगलाई पेट र कम्मरको समस्यामा धेरै प्रभावकारी आसनको रूपमा पनि चिनिन्छ। मांसपेशीलाई आराम दिइ शरीरलाई उर्जावान राख्न यो योग दैनिक अभ्यास गर्नुपर्छ।

भुजंगासन योग

अभ्यासले तपाइको ढाड र कम्मरको समस्यालाई कम गर्न मद्दत गर्दछ। जसलाई ढाड दुख्ने समस्या हुन्छ, उनीहरुले यो योग अभ्यासबाट फाइदा लिन सक्छन् । यस योगको नियमित अभ्यासले धुम्रपानको बानीबाट छुटकारा पाउन पनि फाइदाजनक रहेको बताइएको छ । धुम्रपानको कारण शरीरमा निकोटिनको बानीबाट छुटकारा पाउन यो प्रभावकारी साबित हुन सक्छ।

  • एजेन्सी

क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ