२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगकिन गर्ने शीर्षाशन र प्राणायम ?

किन गर्ने शीर्षाशन र प्राणायम ?


के तपाई पनि ती मानिसहरुमध्ये हुनुहुन्छ, जसलाई कुनै पनि काममा धेरै समयसम्म मन लाग्दैन् । एकाग्रताको कमीले कामको गुणस्तरलाई पनि प्रभावित गर्न सक्छ । यस प्रकारका समस्याबाट बच्नका लागि स्वास्थ्य विशेषज्ञ नियमित रुपमा योगाभ्यास गर्ने सल्लाह दिन्छन् । घरको कामदेखि लिएर अफिसको कामसम्म, गाडी चलाउनदेखि पढाइका लागि पनि एकाग्र मनको आवश्यकता हुन्छ । योग अभ्यासले मानसिक शान्ति र एकाग्रतालाई प्रोत्साहन दिने मानिन्छ । कुनै काममा धेरै समयसम्म ध्यान लगाउन सक्नुहुन्न भने योगको अभ्यास सहयोग गर्न सक्छ ।

प्रत्येक बिहान उठ्ने बित्तिकै कुनै प्रकारको योगासनको बानी बनाएर शरीर र मन दुवैलाई स्वस्थ राख्न सकिन्छ । भित्रको ऊर्जालाई च्यानलाइज गर्न र शरीरका अंगलाई स्वस्च राख्न योग अभ्यासको नियमित बानी सहयोगी हुन सक्छ । बढ्दो उमेरसँगै हाम्रो एकाग्रता शक्तिमा गम्भीर प्रभाव पर्ने गर्दछ । त्यही कारण हो कि स्वास्थ्य विशेषज्ञ सानो उमेरदेखि नै योगासनको सल्लाह दिने गर्छन् । जसकारण भविष्यमा यस किसिमका समस्याबाट बचन सकियोस् ।

शीर्षासन योग

मस्तिष्कलाई शान्त र स्वास्थ्य राख्नका लागि यो योगासनको अभ्यासलाई सबैभन्दा प्रभावकारी मानिन्छ । शीर्षासनको अभ्यास यसमा सबैभन्दा प्रमुख मानिन्छ । शरीरलाई काँधमा टिकाउने यो अभ्यासले थाइराइड र प्याराथाइराइड ग्रन्थीको कामकाज मा सुधार गर्ने गर्छ । संज्ञानात्मक कार्यक्षमतामा सुधार गर्नका लागि यसको अत्याधिक अनुशरण गर्ने गर्छ । यस योगको अभ्यासको बानीले मानसिक स्वास्थ्यलाई राम्रो बनाउनुका साथसाथै एकाग्रतालाई ठीक राख्न सहयोग मिल्न सक्छ ।

प्राणयाम

नियमित रुपमा प्राणयामको अभ्यास गर्नाले धेरै प्रकारका फाइदा हुन्छन् । मानसिक स्वास्थ्यलाई राम्रो बनाइ राख्नका लागि यो योगाभ्यास उपयोगी छ । यसमा पनि भ्रामरी प्राणयमको अभ्यासको बानी लागि विशेष प्रभावकारी मानिन्छ । यस अभ्यासको समयमा माहुरीको आवाजजस्तै ध्वनि आउँछ । जसको कम्पनबाट न त एकाग्रतासुधार हुन्छ । बरु, यही रिस, उत्तेजना, चिन्ता, निराशा र तनावजस्तै नकारात्मक भावनालाई पनि टाढा राख्न सहयोग गर्छ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ