२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगयी तीन योगासनः जुन सबै उमेरका लागि लाभदायक छन्

यी तीन योगासनः जुन सबै उमेरका लागि लाभदायक छन्


स्वस्थ रहनका लागि सानैदेखि आफ्नो शरीर र मस्तिष्कलाई स्वस्थ राख्न प्रयास गर्नुपर्छ । यसका लागि नियमित व्यायाम र योगाभ्यास गर्नुपर्छ । योगासन धेरै प्रकारका बिरामीबाट बच्नका लागि फइदाजनक हुने गर्दछ ।

योगले हाम्रो शरीरलाई स्वस्थ राख्नुका साथ साथै मस्तिष्कलाई पनि स्थिर राख्छ । थुपै्र बिरामीबाट छुटकारा पाउनका लागि पनि विशेषज्ञहरु योगासन गर्ने सलाह दिने गर्दछन् । योग गर्न चाहनुहुन्छ भने तीन प्रकारका योगासन सबै उमेर समूहलाई फाइदा हुने गर्दछ । नियमित चार योगासनलाई बच्चा र वयस्क सबैले गर्न सक्छन् । यसले शरीरलाई निकै फाइदा हुने गर्दछ ।

जहाँ बच्चाहरुमा एकाग्रता, उचाइ वृद्धिमा सहयोगी हुने गर्दछ भने वयस्कहरुमा इम्युनिटी बलियो हुने गर्दछ । साथै, धेरै प्रकारका रोगहरुबाट छुटकारा पाउन सकिन्छ ।

सर्वागासन


यो योगासन किशोरावस्थामा गर्नाले लाभ मिल्छ । सर्वांगासन गर्ने समयमा पिठ्युलाई बल दिएर अगाडि भागमा झुक्नुहोस् । दुवै खुट्टा एक अर्कोमा जोडदै र हत्केलालाई भुइँको दिशा मा राख्ने । हत्केलाले भुइँलाई दबाउँदै दुबै खुट्टालाई छत्तको दिशातर्फ सिधा उठाउने, हिप र कम्मरलाई जमिनबाट माथि उठाउँदै कुहिनालाई मोड्दै कम्मरमा राख्ने । आफ्नो हातको सहयोग लिदै शरीरलाई ९० डिग्रीको कोणमा राख्ने ।

प्राणयाम


प्राणयामको अभ्यास मस्तिष्कका कोषिकाहरुमा अक्सिजन को संचार राम्रो बनाएर राख्न सहयोेग गर्छ । तान्त्रिक तन्त्रको व्यवस्थित राख्न, मोटोपन, मधुमेहलाई कम गर्न, शरीरबाट विषक्ततालाई निकाल्नलाई पनि यस योगको अभ्यासलाई लाभकारी मानिन्छ । प्राणयामको अभ्यासले तनावको स्तर पनि कम हुने गर्दछ । जसलाई कपाल झर्ने प्रमुख कारणमा एक मानिन्छ । कपालभाति, अनुलोम, विलोमजस्ता प्राणयामको नियमित अभ्यासको बानी बनाएर शरीरका लागि धेरै फाइदा लिन सकिन्छ ।

शीर्षासन


मष्तिष्कलाई शान्त र स्वस्थ राख्नका लागि शीर्षासनको अभ्यास गर्न सकिन्छ । यसले थाइराइड र प्याराथाइराइड ग्रन्थीको काममा पनि सुधार ल्याउँछ । संज्ञानात्मक कार्य क्षमतामा पनि सुधार ल्याउनका लागि यसको अत्याधिक अभ्यास गर्ने गरिन्छ । यस योगको अभ्यासको बानी बनाएर मानसिक स्वास्थ्यलाई राम्रो बनाएर राख्नुका साथ साथै एकाग्रतालाई पनि ठिक राख्न सहयोग पुर्याउँछ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ