२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगकपाल झर्ने समस्यामा सहयोगी हुन सक्छन् यी योगासन

कपाल झर्ने समस्यामा सहयोगी हुन सक्छन् यी योगासन


पछिल्ला केही वर्षमा धेरै कारणबाट मानिसहरुमा कपालको कमजोरी र झर्ने समस्या धेरै तीव्र रुपमा बढेको देखिन्छ । युवाहरुमा पनि यो समस्या धेरै तीव्र रुपमा बढ्दैंछ । स्वास्थ्य विशेषज्ञहरुको भनाइअनुसार खानामा गडबडी र अत्याधिक तनाव लिनुका कारण युवाहरुमा यो समस्या देखिन्छ ।

कपाल झर्ने समस्याले तपाईंको आत्माविश्वासलाई पनि कमजोर गर्न सक्छ । यद्यपि अध्ययन-अनुसन्धानमा पाइएको छ कि जुन व्यक्तिहरु नियमित रुपले योग–व्यायामको अभ्यास गर्दै आइरहेका छन् । उनीहरुमा यस्ता समस्या थोरै देखिन्छन् । यो अवस्थामा योगको अभ्यासले लाभ पाउन सकिन्छ ।

योग विशेषज्ञ भन्छन्, ‘कपाल झर्ने समस्याको लागि शिरमा रक्तप्रवाहको कमीलाई पनि एक प्रमुख कारणको रुपमा देखिने गरिन्छ । योगासन अभ्यासको बानी शिरमा रक्तसंचारलाई बढाउनमा सहयोग गर्न सक्छ । यो कपाल झर्ने समस्यालाई रोक्नलाई पनि सहायक छ । आउनुहोस्, जानौ कुन योगासन कपाल झर्ने समस्यालाई रोक्न सहायक हुनसक्छ ।

शीर्षासन
शीर्षासन योगको नियमित अभ्यासको बानी शिरमा रक्त संचारलाई राम्रो गर्नुका साथसाथै मांसपेशीहरुलाई पनि थोरै मालिस गर्न र रौंहरुको छिद्रहरु खोल्न सहायक छ । यो आसन तंत्रिका तंत्र, श्रवसन प्रणालीको स्वस्थ कार्यको सुनिश्चित गर्दछ । र, थाइराइड ग्रन्थीको कार्यलाई पनि सजिलो बनाउन सहयोगी हुनछ । मस्ष्किमा रक्त प्रवाह बढाउनाले पनि कपाललाई उचित पोषण प्राप्त हुन्छ । जुन मजबूत बनाउन र झर्नबाट रोक्नमा धेरै फाइदाजनक हुन सक्छ ।

प्राणयाम
प्राणयामको अभ्यास मस्तिष्कका कोशिकाहरुमा अक्सिजन संचारलाई राम्रो बनाइ राख्न सहायक छ । तंत्रिका तंत्रको व्यवस्थित राख्न मोटोपन, मधुमेहलाई कम गर्नमा, शरीरबाट विषाक्ततालाई निकाल्नमा पनि यस योगको अभ्यासलाई लाभकारी मानिन्छ । प्राणयामको अभ्यासले तनावको स्तर पनि कम हुन्छ, जसलाई कपाल झर्नुको प्रमुख कारणमध्ये एक मानिन्छ । कपालभाती, अनुलोम, विलोमजस्तो प्राणयाम नियमित अभ्यासको आदत बनाएर शरीरलाई धेरै प्रकारका लाभ दिन सकिन्छ ।

अधोमुख शवासन
अधोमुख शवासन ती योगअभ्यासहरुमध्ये एक हो । जुन शारिरीक र मानसिक दुवै तरिकाले स्वास्थ्यलाई राम्रो राख्नमा सहायक हुन सक्छ । यस आशनको अभ्यासबाट स्कैल्पसम्म अक्सिजनयुक्त रगतलाई पुर्याउन सहयोग मिल्छ । जुन कपालको विकासलाई पनि बढावा दिनमा सहायक छ । यस आसनमा धेरै अन्य शारिरीक लाभ छन् । यो मनलाई शान्त राख्न, शरीरलाई ऊर्जावान र सक्रिय गरी राख्नमा पनि सहयोग गर्दछ । कपालको समस्यालाई यस योगको नियमित अभ्यासबाट धेरै मद्धत पुग्न सक्छ ।

-एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ