२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगफोक्सोलाई बलियो बनाउन गर्नुहोस् यी योगासन

फोक्सोलाई बलियो बनाउन गर्नुहोस् यी योगासन


फोक्सोलाई स्वस्थ राख्न खानपान र व्यायाम दुवै आवश्यक मानिन्छ । केही प्रकारका योग आसनलाई दिनचर्यामा समावेश गरेर फोक्सोलाई स्वस्थ राख्न सकिन्छ भन्ने अध्ययनले देखाएको छ । योगको अभ्यासले विभिन्न प्रकारका श्वासप्रश्वास समस्याहरू निको पार्न पनि जानिन्छ ।

वायु प्रदुषणबाट हुने नोक्सानबाट फोक्सोलाई जोगाउन पनि योग अभ्यासले विशेष फाइदा लिन सक्छ । यसका लागि कुन–कुन व्यायामलाई आफ्नो दैनिकी बनाउन सकिन्छ जानौं?

सुखासन योगबाट फोक्सोलाई राहत मिल्छ
सुखासन योग अभ्यास गर्दा फोक्सोको कार्यक्षमता बढाउन फाइदाजनक हुन्छ । यो आसनले फोक्सोमा रक्तसञ्चार सुधार गर्छ र फोक्सोको मांसपेशीबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। एकाग्रता बढाउनुका साथै यो योगको अभ्यासले श्वासप्रश्वासको समस्या निको पार्न पनि फाइदाजनक हुन्छ । यो आसनले तनाव र चिन्तालाई पनि कम गर्छ, जसले मानसिक स्वास्थ्यलाई पनि फाइदा पु¥याउँछ ।

भुजंगासन योग
भुजंगासन योगलाई कोब्रा पोज पनि भनिन्छ, यो आसनले फोक्सोको कार्यलाई बढाउनको लागि विशेष फाइदा दिन सक्छ । फोक्सोलाई बलियो बनाउन र साइटिकाको दुखाइ कम गर्नमा पनि फाइदाहरू पाउन सकिन्छ । जसलाई दमको समस्या छ, यो योग अभ्यासले उनीहरुको लक्षणमा कमी आएको देखिएको छ । भुजंगासन योग समग्र स्वास्थ्यको लागि लाभदायक छ ।

धनुरासन योग
धनुरासन योगलाई फोक्सो र मुटुका लागि निकै फाइदाजनक मानिन्छ । यसले फोक्सोबाट विषाक्त पदार्थ हटाउनुका साथै छातीको मांसपेशीलाई बलियो र स्वस्थ बनाउन पनि फाइदाजनक हुन्छ । यो योगको नियमित अभ्यासले शरीरको आसन ठीक गर्न र अंगहरूलाई स्वस्थ राख्न पनि फाइदाजनक हुन्छ । यो योगको नियमित अभ्यासले मेरुदण्ड र कम्मरसँग सम्बन्धित समस्याहरूको जोखिम कम गर्न पनि मद्दत गर्न सक्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ