२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगकपालमा चाँयाको समस्या हटाउन गर्नुहोस् यी योगासन

कपालमा चाँयाको समस्या हटाउन गर्नुहोस् यी योगासन


चाँयाको समस्याका कारण कपाल झर्न थाल्छ । यसबाट छुटकारा पाउन मानिसहरु विभिन्न प्रकारका हेयर प्रोडक्ट, घरेलु उपाय अपनाउने गर्छन् । तर के तपाईलाई थाहा छ चायाँ किन हुन्छ ? टाउकोमा रक्तसञ्चार कमजोर हुँदा चायाँको समस्या हुन्छ । टाउकोले पर्याप्त पोषण नपाएपछि यो कमजोर हुन्छ । कपाल सुख्खा हुन्छ र जराबाट झर्न थाल्छ ।

चाँयाको समस्यालाई जरैबाट हटाउनका लागि योगासन लाभदायक हुन्छ । नियमित योग अभ्यास गरेर टाउकोको जरादेखि कपाल बलियो बनाउन सकिन्छ । चायाँ हटाउनका लागि दुई योगासन उपयोगी हुन्छन् । यी योग मुद्राहरू मध्ये एउटा अधोमुख स्वानासन हो, जबकि अर्को उत्तानासन हो । यी दुवै योगासनका अन्य धेरै फाइदाहरू छन् ।

अधोमुख स्वानसन
अधोमुख स्वानसनलाई अधोमुख मुद्रा पनि भनिन्छ । यो आसन गर्नाले कपालको जरासम्म अक्सिजनको उचित मात्रामा प्रवाह हुन्छ । यसको नियमित प्रयोगले कपाल झर्ने समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । यो आसन गर्नाले रक्तसञ्चारमा सुधार हुन्छ ।

अधोमुख स्वानसन कसरी गर्ने
-यो आसन गर्नको लागि म्याटमा सिधा उभिनुहोस् ।
-अब शरीरलाई कम्मरबाट अगाडि झुकाएर दुवै हातले जमिन छुनुहोस् ।
-यस अवधिमा खुट्टा र हातको बीचमा करिब दुई फिटको दूरी राख्नुहोस् ।
-अब हातहरू अगाडि बढाउँदै, टाउकोलाई जमिन नजिक लैजानुहोस् ।
-कुहिनो र घुँडा झुकाउनु हुँदैन ।
-यो मुद्रामा ३० देखि ४० सेकेन्डसम्म रहनुहोस् र त्यसपछि सीधा खडा हुनुहोस् ।

उत्तानासन
चाँया हटाउनुका साथै उत्तानासन अन्य धेरै अवस्थामा फाइदाजनक हुन्छ । यो योग खुट्टा दुख्ने समस्यामा पनि फाइदाजनक हुन्छ ।

उत्तानासन कसरी गर्ने
-यो आसन गर्नको लागि म्याटमा सिधा उभिनुहोस् ।
-खुट्टा एकसाथ जोडेर शरीरलाई तलतिर मोड्नुहोस् ।
-घुँडा सीधा राख्नुहोस् र दुवै हात तल सार्नुहोस् ।
-पेटले घुँडा छुने गरी झुक्नुहोस् ।
-अब हत्केलाहरूलाई भुइँमा वा कुर्कुच्चाको नजिक राख्ने प्रयास गर्नुहोस् ।
-केहि सेकेन्डको लागि यो स्थितिमा रहनुहोस् र त्यसपछि सीधा उभिनुहोस् ।

अमरउजालबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ