२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगबटरफ्लाई पोज कसरी गर्ने ? यस्ता छन् फाइदाहरु

बटरफ्लाई पोज कसरी गर्ने ? यस्ता छन् फाइदाहरु


पुतली आसन भनेको यस्तो आसन हो, जसलाई गर्दा शरीरको आसन पुतली जस्तो देखिन्छ । यो आसन सरल आसन मध्ये एक हो । यो आसन जो कोहीले गर्न सक्छ । यस आसनबाट महिलालाई विशेष फाइदा हुन्छ । धेरैको शरीरमा लचिलोपन हुँदैन । यस्ता व्यक्तिले यो आसन नियमित अभ्यास गर्नुपर्छ ।

विधि
पुतली आसन गर्न, पहिले भुइँमा बस्नुहोस् । अब दुवै खुट्टालाई झुकाएर पैतालालाई एकअर्कासँग जोड्नुहोस् । हातले खुट्टा समात्ने प्रयास गर्नुहोस् र तिनीहरूलाई भित्र तान्नुहोस्, शरीरमा कुर्कुच्चा छुने प्रयास गर्नुहोस् । त्यसपछि पुतलीको पखेटा जस्तै घुँडालाई माथि र तल सार्ने प्रयास गर्नुहोस् । घुँडा माथि र तल सार्दै जमीन छुन प्रयास गर्नुहोस् । यो आसन २० देखि ३० सेकेन्ड वा सोभन्दा बढी अभ्यास गर्न सकिन्छ ।

फाइदाहरु
-पुतली आसन गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ ।
-खुट्टाको मांसपेशी बलियो बनाउन, यो व्यायाम नियमित रूपमा गर्नुहोस् ।
-पुतली आसनले तिघ्राको मोटोपना घटाउन पनि सहयोगी हुन्छ ।
-यसको अभ्यासले तल्लो शरीरमा लचिलोपन ल्याउँछ ।
-पुतली आसनले आन्द्राको समस्या हटाउन पनि फाइदाजनक हुन्छ ।
-पिसाबको रोग लागेका बिरामीले पुतलीको आसन गर्दा पनि फाइदा हुन्छ ।

सावधानी–
गर्भवती महिलाले प्रशिक्षकको निगरानीमा मात्र यो आसन अभ्यास गर्नुपर्छ । यदि तपाईको घुँडा वा ढाडको तल्लो भागमा कुनै प्रकारको चोट लागेको छ भने यो अभ्यास नगर्नुहोस् । महिनावारीको समयमा यो आसन नगर्नुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ