२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगघरमै गर्नुहुन्छ योग ? दिनुहोस् यी कुरामा ध्यान

घरमै गर्नुहुन्छ योग ? दिनुहोस् यी कुरामा ध्यान


योग र व्यायाम स्वस्थ र तन्दुरुस्त शरीरको लागि पष्mाइदाजनक छ । यसको नियमित अभ्यासले शरीरलाई तन्दुरुस्त राख्नुका साथै धेरै रोगबाट पनि बचाउँछ । कतिपय मानिसहरु घरमै बसेर योग तथा व्यायाम गर्ने गर्दछन् । तर, कुनै गाइड वा प्रशिक्षक बिना आफैं व्यायाम गर्दा पनि शरीरमा गलत असर पर्न सक्छ ।

गाईड वा प्रशिक्षकको अनुपस्थितिमा, घरमा योग अभ्यास गर्दा वा व्यायाम गर्दा केही गल्तीहरू पनि हुन सक्छन् । यी स–साना गल्तीहरू स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यस्तो अवस्थामा घरमा योग वा व्यायाम गर्दा स्वास्थ्यका लागि गलत हुनसक्ने ती कुराको बारेमा जान्नु आवश्यक छ । घरमा व्यायाम गर्दा केही कुरामा ध्यान दिनुपर्छ ।
जानौं स्वास्थ्यसँग सम्बन्धित यी महत्त्वपूर्ण कुराहरू।

व्यायाम गर्ने गलत तरिका
प्रायः मानिसहरु व्यायाम वा योगको बारेमा धेरै ज्ञान नभए पनि निरन्तर एउटै व्यायाम गरिरहन्छन् । गलत आसनले तपाईंको शरीरलाई हानि पु¥याउँछ, जबकि आफ्नो क्षमता अनुसार व्यायाम नगर्दा पनि स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । यस्तो अवस्थामा गलत तरिकाले योग अभ्यास गर्नुभन्दा हल्का र सहज योगबाट सुरु गर्नु राम्रो हुन्छ ।

घरमा कहाँ र कसरी व्यायाम गर्ने
मानिसहरु घरमै बसेर व्यायाम गर्न थाल्छन् तर जहाँतहीँ बसेर योग गर्न थाल्छन् भने त्यो गलत हो । सबैभन्दा पहिले तपाईलाई थाहा हुनुपर्छ कि खुला मैदानमा व्यायाम वा योग गर्नुको सट्टा म्याटको प्रयोग गर्नुपर्छ । यो पनि ध्यानमा राख्नुहोस् कि बन्द कोठामा व्यायाम वा योग गर्नुको सट्टा खुला टेरेस, ल्यान वा ठूलो हलमा व्यायाम गर्नुहोस् ।

अस्वस्थ हुँदा व्यायाम नगर्नुहोस्
यदि तपाइँ कुनै पनि तरिकामा अस्वस्थ हुनुहुन्छ भने व्यायाम नगर्नुहोस् । यदि तपाई शरीर दुख्ने वा खराब स्वास्थ्यमा पनि योग अभ्यास गर्न चाहनुहुन्छ भने कुन योग सही हुन्छ थाहा पाएपछि गर्नुहोस् ।

शरीरलाई आराम दिनुहोस्
यदि फुर्सदको समयमा योग र व्यायाम मात्र गर्न मन पराउनुहुन्छ भने त्यो तपाईको शरीरको लागि हानिकारक हुन सक्छ । योग र व्यायाम लगभग दिनभर गर्नु हुँदैन । शरीरलाई आराम चाहिन्छ, यस्तो अवस्थामा हप्तामा एक दिन शरीरलाई आराम दिनुहोस् । आफ्नो क्षमता भन्दा बढी व्यायाम नगर्नुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ