२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगअल्जाइमर–डिमेन्सियाको जोखिम कम गर्न कुन योग गर्ने ?

अल्जाइमर–डिमेन्सियाको जोखिम कम गर्न कुन योग गर्ने ?


पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा स्नायुसम्बन्धी विकारका केसहरू सबैभन्दा बढी बढेको थाहा हुन्छ, अल्जाइमर रोग त्यसमध्ये एक हो । यो समस्या मस्तिष्कको संकुचन (एट्रोफी) को कारणले हुन्छ, यो रोगको जोखिम पनि उमेर संग बढ्छ ।

अल्जाइमर रोगलाई डिमेन्सियाको सबैभन्दा सामान्य कारण मानिन्छ । डिमेन्सियामा, सोच्ने, व्यवहार गर्ने र सामाजिक सीपहरू उल्लेखनीय रूपमा कम हुन्छ । स्वस्थ जीवनशैली कायम राख्ने उपायहरू अपनाएर यी स्नायुसम्बन्धी विकारहरूको जोखिम कम गर्न सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

रक्तचाप र चिनीको मात्रा नियन्त्रण गर्नुका साथै स्वस्थ आहार र नियमित योग–व्यायाम गर्ने बानीले यस्ता समस्याबाट बच्न मद्दत गर्छ। सबै उमेरका व्यक्तिहरूले आफ्नो दैनिक दिनचर्यामा योग–व्यायाम समावेश गर्नुपर्छ ताकि त्यस्ता रोगहरूको जोखिम कम गर्न सकिन्छ ।
कुन प्रकारको योगासन अभ्यास गर्ने बानी बनाउँदा अल्जाइमर–डिमेन्सियाको जोखिमबाट बचाउन मद्दत गर्न सक्छ?

उज्जयि प्राणायाम 
प्राणायाम दिमागलाई शान्त पार्न र स्नायुहरूलाई आराम दिन सबैभन्दा प्रभावकारी योग आसनहरू मध्ये एक हो । केही प्रकारका प्राणायामलाई दिनचर्यामा समावेश गरेर अल्जाइमर्स–डिमेन्सियाको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ । प्राणायामले सासमा ध्यान केन्द्रित गर्दछ, जसले एकाग्रता बढाउँछ र स्नायुहरूलाई आराम दिन्छ । यसका लागि उज्जय प्राणायाम र कपालभाती गर्ने बानी बसाल्न सकिन्छ ।

आफ्नो दिनचर्यामा वज्रासन योगलाई समावेश गर्नुहोस्
वज्रासन योग अभ्यास गर्ने बानीले दिमागलाई शान्त र स्थिर राख्न मात्र मद्दत गर्दै पाचन अम्लता र ग्यास जस्ता समस्याहरूबाट छुटकारा दिलाउन पनि फाइदाहरू देखाइएको छ । वज्रासन योग सजिलो छ र सबै उमेरका मानिसहरूले सजिलै लाभ लिन सक्छन् । यस योगको अभ्यासले अल्जाइमरको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ । यो योगले तिघ्राको मांसपेशीलाई बलियो बनाउन र ढाडको दुखाइ कम गर्नमा पनि विशेष फाइदा पु¥याउँछ ।

पश्चिमोत्तनासन योग अभ्यास गर्नुहोस्
पश्चिमोत्तनासन योगलाई पेट कम गर्नका लागि निकै प्रभावकारी मानिएको छ र मधुमेहका रोगीका लागि यसको स्नायुसम्बन्धी विकारमा पनि विशेष फाइदा पाउन सकिन्छ । यो योग मुद्राले दिमागलाई शान्त बनाउँछ र टाउकोमा रक्त प्रवाह बढाउन मद्दत गर्दछ, जसले गर्दा दिमागलाई आराम दिन्छ र अनिद्रा, अवसाद र चिन्ता कम गर्दछ। यी अवस्थाहरूले अल्जाइमर्स–डिमेन्सियाको जोखिम बढाउने विश्वास गरिन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ