२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगनिन्द्रा नलाग्दा ओछ्यानमै गर्न सकिन्छ यी योग

निन्द्रा नलाग्दा ओछ्यानमै गर्न सकिन्छ यी योग


दिनहुँको दौडधुप र खराब जीवनशैलीका कारण मानिसहरु निद्रा नलाग्ने गुनासो गर्छन् । राती समयमा समयमै सुत्न सक्दैनन् र बिहान सबेरै उठ्न समस्या हुने गरेको छ । राति अबेरसम्म आँखामा निन्द्रा नपुग्दा अनेक किसिमका समस्या आउन थाल्छ । निन्द्रा नपुगेका कारण उनीहरुमा विहान उर्जा रहँदैन ।

दिनभरको थकान महसुस हुन्छ । निन्द्रा नलाग्ने समस्या अहिले युवादेखि वृद्धवृद्धासम्म सामान्य बन्दै गएको छ । निद्रा शरीरको लागि धेरै महत्त्वपूर्ण छ । यस्तो अवस्थामा राम्रोसँग निन्द्रा लागेन भने शरीर र दिमागमा नकारात्मक असर पर्छ । मानिसहरु निन्द्रा नलागेको बेला औषधि सेवन गर्छन्, यद्यपि निद्राको औषधिले स्वास्थ्यमा नराम्रो असर गर्छ । योगले मन र शरीर दुवै स्वस्थ बनाउँछ ।

अनिद्राको अवस्थामा, तपाईं राती सुत्नु अघि ओछ्यानमा बसेर योग आसनहरू गर्न सक्नुहुन्छ । केही योग आसनहरू छन् जुन राती सुत्नुअघि ओछ्यानमा गर्न सकिन्छ ।

बालासना

ओछ्यानमा बसेर सुत्नुअघि बालासन अभ्यास गर्न सक्नुहुन्छ । बालासनको अभ्यासले मनलाई शान्त बनाउँछ । वज्रासनको अवस्थामा म्याटमा बसेर सास लिँदा दुवै हातलाई टाउकोको माथि लिनुहोस् । त्यसपछि, श्वास छोड्दा, अगाडि झुकाउनुहोस् र हत्केला र टाउकाको भागलाई भुइँमा आराम गराउनुहोस् । श्वास लिने र बाहिर निकाल्दा औँलाहरू जोडेर दुई हत्केलाको बीचमा टाउकोलाई बिस्तारै राख्नुहोस् ।

शवासन
यदि अनिद्राको गुनासो छ भने, तपाइँ नियमित शवासन अभ्यास गर्न सक्नुहुन्छ । यो आसनले स्नायु प्रणालीलाई शान्त पार्छ र थकित मांसपेशी र काँधलाई आराम दिन्छ । शवासन गर्नको लागि आफ्नो पिठ्युमा सुत्नुहोस् र एक फिटको दूरीमा आफ्नो खुट्टा फैलाउनुहोस् र शरीरलाई खुकुलो छोडेर आरामसँग सास लिनुहोस् ।

उत्तानासन
राति सुत्नुअघि उत्तानासनको नियमित अभ्यास गर्दा राम्रो निद्रा आउँछ । यो आसन गर्नको लागि सीधा उभिनुहोस् र लामो सास लिँदा दुवै हातलाई माथितिर लैजानुहोस् । अब श्वास छोड्दा दुबै हातलाई तल सार्नुहोस् र औंलाहरू छुने प्रयास गर्नुहोस् ।
अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ