२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगकपाल झर्ने समस्या भएकाले गर्नुहोस् यी योगासन

कपाल झर्ने समस्या भएकाले गर्नुहोस् यी योगासन


करिब दुई दशक पहिले कपाल झर्ने समस्या जीवनको मध्यम उमेरसँग जोडिएको थियो । तर, अहिले मानिसहरु सानै उमेरमा यस्ता समस्याको सामना गरिरहेका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार खराब जीवनशैली, आनुवंशिक विकार, धुम्रपान, गुणस्तरहीन खानेकुरा र उच्च तनावका कारण कम उमेरमा नै यस्ता समस्या हुने गरेका छन् । टाउकोको समस्या पनि कम उमेरमा कपाल झर्ने कारण हुन सक्छ ।

कपालको समस्या निको पार्न मानिसहरु विभिन्न प्रकारका औषधिहरुको प्रयोग गर्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता समस्याबाट पीडित व्यक्तिहरूको लागि योग उत्तम उपाय हुनसक्छ । योगको माध्यमबाट टाउकोमा रक्तसञ्चार बढाएर कपाल झर्ने समस्या कम गरी नयाँ कपाल ल्याउन मद्दत गर्छ ।

कपाल झर्ने रोकथाममा योग कत्तिको प्रभावकारी छ?
२०१७ को एक अध्ययन अनुसार, अत्याधिक तनावले कपाल झर्न सक्छ । धेरै तनाव लिनुले शरीरको प्रतिरक्षा प्रणालीको प्रतिक्रियालाई असर गर्न सक्छ जसले (सामान्यतया अस्थायी रूपमा) कपालको वृद्धिलाई कम गर्छ । योगको माध्यमबाट तनाव स्तर कम गर्न मद्दत गर्न सक्छ । अर्को २०१६ अध्ययनले धेरै योग मुद्राहरूले सीरम कोर्टिसोल स्तर कम गर्न मद्दत गर्दछ, जसले तनाव बढाउने पत्ता लगायो ।

अधोमूख शवासन
योग गुरुहरूका अनुसार अधोमुख शवासनले टाउकोमा रगतको प्रवाह बढाउन मद्दत गर्छ । कपालको समस्या हटाउन यो योग आसनका धेरै फाइदाहरू हुन सक्छन् । यो योग गर्नको लागि सबैभन्दा पहिले आफ्नो हात र खुट्टा भुइँमा स्थिर गर्नुहोस्। अब शरीरलाई टेबलको स्थितिमा ल्याउनुहोस् । अब शरीरको सबै जोर हातमा राखेर खुट्टालाई उल्टो भि आकारमा फैलाउनुहोस् । मेरुदण्ड सीधा राखेर शरीरको माथिल्लो भागलाई माथि तान्नुहोस् । एक मिनेट यस स्थितिमा बसेपछि, सामान्य स्थितिमा फर्कनुहोस् ।

वज्रासन
यो योग आसन कपाल झर्ने समस्या कम गर्न धेरै प्रभावकारी मानिन्छ । यो योग आसनले शरीरमा रक्तसञ्चारलाई ठीक राख्न निकै फाइदाजनक हुन्छ । यसका लागि आफ्नो खुट्टाको औंलाको भरमा बस्नुहोस् र शरीरको तौल आफ्नो कुर्कच्चामा छोड्नुहोस् । दुवै हत्केलालाई तिघ्रामा राख्नुहोस् र कम्मरलाई सीधा राख्नुहोस् । लामो सासलिनुहोस् । यो योगासम दैनिक ५–७ मिनेटसम्म गर्नुपर्छ ।

बालासना
बालासन अर्थात् बच्चाको मुद्रा तनाव कम गर्नको लागि सबैभन्दा लाभदायक आसन मध्ये एक हो । यो आसन दैनिक बिहान खाली पेटमा गर्नाले सबै रोगबाट मुक्ति मिल्छ । यो योग अभ्यास गर्न म्याटमा वज्रासनमा बस्नुहोस् । अब श्वास लिँदा दुवै हातलाई सिधा टाउकोभन्दा माथि उठाउनुहोस् । श्वास छोड्दा अगाडि झुक्नुहोस् र हत्केला र टाउको भुइँमा आराम गर्नुहोस् । लामो सास लिनुहोस् र सास छोड्नुहोस् । दुवै हातका औंलाहरू जोडेर टाउकोलाई हत्केलाको बीचमा बिस्तारै राख्नुहोस् । यो व्यायाम दैनिक गर्नुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ