२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगमुटुलाई स्वस्थ राख्न यी ३ योगासन

मुटुलाई स्वस्थ राख्न यी ३ योगासन


पछिल्ला केही वर्षदेखि मुटुसम्बन्धी रोग लागेको मानिसहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । सानै उमेरका मानिसहरू पनि यससम्बन्धी रोगको सिकार भइरहेका छन् । त्यस्तै ४० वर्षभन्दा मुनिका मानिसहरूमा पनि हृदय घातको खतरा बढिरहेको अवस्था छ । फिटनेसमा ध्यान दिनेहरूलाई समेत हृदय घात भएपछि यो डरलाग्दो अवस्थामा पुगिसकेको छ ।

हृदय रोगको समयमै पहिचान गरेर बच्ने उपायहरू अपनाउँदा यस किसिमका रोग लाग्ने समस्याबाट बच्न सकिन्छ । यसको लागि दिनहुँ खानेकुरामा पौष्टिक तत्त्व भएका खानाहरूलाई सामेल गर्न जरुरी पनि छ । त्यस्तै स्वास्थ्य विज्ञहरूले योग व्यायाममा पनि ध्यान दिन जरुरी रहेको जनाएका छन् । प्रस्तुत छ हृदयसम्बन्धी रोगबाट बच्न उपयोगी योगासनहरु

१. प्राणायाम


यसको अभ्यास शारीरिक र मानसिक दुवै किसिमको स्वास्थ्यको लागि आवश्यक छ । मुटुसम्बन्धी प्राय रोगको मुख्य कारण उच्च रक्तचाप हुने गर्दछ । जसलाई कम गर्नकोे लागि यो योग गर्ने गरिन्छ ।

यस किसिमको योग गर्दा मुटुको मांसपेशीलाई आराम मिल्छ र रक्त सञ्चार राम्रो हुन्छ । मुटुलाई स्वस्थ राख्ने प्राणायाममा भस्त्रिका, कपालभाति र अनुलोम–विलोमको पनि बानी गर्नुपर्छ ।

२. वीरभद्रासन


यो किसिमको योग धेरै रोगको विरुद्ध फाइदाजनक छ । शरीरको सन्तुलनमा सुधार ल्याउन र सहन शक्ति बढाउन यो आसनको नियमित अभ्यास गर्नुपर्छ । वीरभद्रासनले रक्तसञ्चारमा सुधार गर्दै तनावलाई कम गर्दछ ।

त्यस्तै मुटुको ढुकढुकीलाई नियन्त्रण गर्न पनि यो आसन गर्न सकिन्छ । यो सँगै यस आसनले शरीरलाई लचिलो बनाउँदै मुटुको क्षमतामा सुधार गर्दछ ।

३. धनुरासन

मुटुको स्वास्थ्यका लागि धनुरासनको अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसले मुटुको मांसपेशीलाई बलियो बनाउँदै मुटुमा पर्ने दबाबलाई कम गर्दछ । यसले रक्तसञ्चारलाई सुधार गर्दछ । धनुरासन  सबै उमेर समूहका मानिसले गर्न सक्छन् ।

-अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ