२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठयोगसबै उमेर समूहका मानिसले गर्न मिल्ने वृक्षासन, यस्ता छन् तरिका र फाइदा

सबै उमेर समूहका मानिसले गर्न मिल्ने वृक्षासन, यस्ता छन् तरिका र फाइदा


योगको नियमित अभ्यास गर्नाले समग्र स्वास्थ्य (मानसिक र शारीरिक) सुधार गर्न लाभदायक हुन सक्छ । मस्तिष्क र स्नायुहरूमा विशेष प्रभाव पार्ने, योग अभ्यास गर्ने बानीले शारीरिक निष्क्रियताका कारण हुने समस्याहरूलाई कम गर्न पनि फाइदाजनक हुन्छ । तपाईँले दिनचर्यामा केही प्रकारका योग अभ्यासहरू समावेश गरेर राम्रो फिटनेस प्राप्त गर्न सक्नुहुन्छ ।

वृक्षासन वा ट्री–पोज यस्तो प्रभावकारी योग अभ्यासहरू मध्ये एक हो, जुन सबै उमेरका मानिसहरूले अभ्यास गर्न सक्छन् । धेरै सजिलो यो योगले तपाईँको स्वास्थ्यमा धेरै सुधार गर्न सक्छ।

योग विशेषज्ञहरू भन्छन्, वृक्षासन योग गर्न विशेष शारीरिक सन्तुलन चाहिन्छ। वृक्षासन एक उभिएको व्यायाम हो जसमा शरीरको मुद्रा ’रुख’ जस्तै हुनुपर्छ। यो योग आसनले हामीलाई मानसिक शान्ति प्राप्त गर्न मद्दत गर्छ।

यो योग नियमित रूपमा गर्नाले चिन्ता र डिप्रेसन जस्ता समस्याबाट ग्रसित व्यक्तिहरूको लागि विशेष रूपमा लाभदायक हुन सक्छ । यो व्यायाम गर्ने विधि र यसका स्वास्थ्य लाभका बारेमा थप जानकारी गरौँ।

वृक्षासन योग कसरी गर्ने ?
सबै उमेरका मानिसहरूले वृक्षासन योगको अभ्यासबाट सजिलै लाभ उठाउन सक्छन्, यद्यपि तपाईँले यसमा शारीरिक सन्तुलन सिर्जना गर्न अभ्यास गरिरहनुपर्छ । यो योग गर्नका लागि खुट्टालाई एक अर्काबाट टाढा राखेर सीधा उभिनुहोस् । आफ्नो दाहिने खुट्टा झुकाउनुहोस् र त्यसपछि यसलाई बायाँ तिघ्रामा राख्नुहोस् ।

श्वास लिने क्रममा हातहरू माथि उठाउनुहोस्, हत्केलाहरू जोडेर नमस्कार मुद्रा बनाउनुहोस् र मनलाई ध्यानमा राख्नुहोस् । १० देखि ३० सेकेन्डसम्म यस आसनमा रहनुहोस्, त्यसपछि सास फेर्दै हातहरूलाई तल ल्याउनुहोस् । अर्को चरणमा, बायाँ खुट्टालाई दाहिने तिघ्रामा राखेर यो मुद्रा अभ्यास गर्नुहोस् ।

वृक्षासन योग गर्दा मिल्ने फाइदाहरू
योग विशेषज्ञहरूका अनुसार वृक्षासन योग तपाईँको शारीरिक र मानसिक स्वास्थ्य लाभका लागि धेरै तरिकाले फाइदाजनक हुन सक्छ ।
-यो योग आसनले खुट्टामा सन्तुलन र स्थिरता सुधार गर्दछ ।
-शरीरलाई पेल्विक स्थिरता स्थापना गर्न मद्दत गर्दछ ।
-यसले नितम्ब र खुट्टाको हड्डी र मांसपेशी बलियो बनाउँछ ।
-आत्म–विश्वास बढाउन यो योगका फाइदाहरू छन् ।
-मानसिक शान्तिको अनुभूति हुन्छ, चिन्ता–तनाव सम्बन्धी विकारहरू यसबाट कम गर्न सकिन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ