२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगयुरिक एसिडको समस्या भएकालाई उपयुक्त ३ योगासन

युरिक एसिडको समस्या भएकालाई उपयुक्त ३ योगासन


मानिसहरुमा युरिक एसिडको समस्या तिव्र गतिमा बढिरहेको छ । शरीरमा युरिक एसिडको मात्रा बढ्नुलाई गाउट जस्ता पीडादायी समस्याको प्रमुख कारण मानिन्छ । यूरिक एसिड एक रसायन हो जुन शरीरले प्यूरिन नामक पदार्थलाई तोड्दा उत्पादन हुन्छ । खानपानमा ख्याल नगर्दा मानिसमा यस्तो समस्याको जोखिम बढ्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । युरिक एसिड बढेको अवस्थालाई बेवास्ता गर्नु हुँदैन ।

स्वास्थ्य विज्ञहरू भन्छन्, युरिक एसिड कम गर्न औषधिसँगै सही आहार र केही व्यायाम दिनचर्यामा थप्नु राम्रो विकल्प हुन सक्छ । योगको नियमित अभ्यासले यूरिक एसिडलाई नियन्त्रण गर्ने मात्र नभई यसबाट हुने जटिलताहरू जस्तै दुखाइ र गाउटको जोखिमबाट बच्न पनि योग लाभदायक हुन्छ ।

विज्ञहरूका अनुसार दैनिक रुपमा योग गर्ने व्यक्तिहरूमा प्राकृतिक रूपमा यूरिक एसिडको विकासको जोखिम कम हुन्छ ।
जानौं कुन–कुन योगासन यसका लागि फाइदाजनक हुन सक्छन?

१. प्राणायाम
योग विज्ञहरूका अनुसार सबै व्यक्तिले आफ्नो दैनिकीमा प्राणायामको अभ्यासलाई समावेश गर्नुपर्छ, मानसिक स्वास्थ्य मात्र नभई धेरै प्रकारका शारीरिक समस्याबाट पनि फाइदा लिन सकिन्छ । युरिक एसिड र यसबाट हुने गाउटको समस्यालाई कम गर्न पनि यो लाभदायक हुन्छ । प्राणायामले शरीरमा रसायनको सन्तुलन सुधार्छ, जसले युरिक एसिडको स्तरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

२. गोमुखासन

गोमुखासनलाई सबैभन्दा फाइदाजनक व्यायाम मानिन्छ । पछाडि र हातको मांसपेशीलाई बलियो बनाउनको साथसाथै, गोमुखासन योग अभ्यासले यूरिक एसिड बढेको नियन्त्रण गर्न लाभदायक हुन सक्छ । यसलाई गाउट र जोर्नीहरूको लागि प्रभावकारी व्यायामको रूपमा पनि चिनिन्छ । गोमुखासनको नियमित अभ्यासले थकान, तनाव र चिन्ता पनि कम गर्छ ।

३. उस्ट्रासन योग
युरिक एसिड बढेपछि कुर्कुच्चा, कम्मर, घाँटी, घुँडा आदिमा अत्याधिक पीडा हुन्छ । यस्ता समस्याबाट छुटकारा पाउन उस्ट्रासन योगको अभ्यास गर्नु लाभदायक मानिन्छ । यो आसन पेटको तल्लो भागको अतिरिक्त बोसो घटाउनुका साथै कम्मर र काँधलाई बलियो बनाउन पनि निकै प्रभावकारी मानिन्छ । घाँटी र ढाड दुखाइ कम गर्न पनि उस्ट्रासन लाभदायक हुन सक्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ