२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न अपनाउनै पर्ने दिनचर्या

शरीरलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न अपनाउनै पर्ने दिनचर्या


शरीरलाई पूर्णतया तन्दुरुस्त र स्वस्थ राख्नको लागि शारीरिक र मानसिक दुवै स्वास्थ्यमा ध्यान दिन आवश्यक छ । स्वास्थ्य विज्ञहरू भन्छन्, प्रायः हामी सबैले शारीरिक स्वास्थ्यका लागि उपायहरू गर्छौँ तर मानसिक स्वास्थ्यलाई जानेर वा नजानेर बेवास्ता गरिन्छ । तर, स्वस्थ दिमागबिना स्वस्थ शरीरको कल्पना गर्न सकिँदैन ।वास्तवमा यो त्यति गाह्रो छैन, केही साधारण कुराको ख्याल गरेर मात्रै पनि राम्रो स्वास्थ्य पाउन सकिन्छ ।

स्वास्थ्य विज्ञहरू बताउँछन् कि जीवनशैली र खानपानमा गडबडीलाई वर्तमान समयका अधिकांश रोगहरूको मुख्य कारण मानिन्छ, जसमा केही सामान्य सुधारहरूले समग्र स्वास्थ्य प्राप्त गर्न मद्दत गर्न सक्छ ।
केही राम्रा बानीहरू शारीरिक र मानसिक दुवै स्वास्थ्य कायम राख्न मद्दत गर्न सक्छन् । प्रस्तुत छन् ती बानीहरू ः

१. रक्सीबाट टाढा रहनुहोस्
शोधकर्ताहरूका अनुसार रक्सी पिउने बानीले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ । रक्सीले कलेजोलाई मात्र हानी गर्दैन, यसले मुटुको मांसपेशीमा समस्या र क्यान्सरको जोखिम पनि बढाउँछ । यसका साथै मदिरा सेवनका कारण चिन्ता, तनाव जस्ता विकारको जोखिम पनि बढ्छ । यस्तो अवस्थामा मदिराबाट दुरी कायम गरेर समग्र स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ ।

२. स्वस्थ आहार
शरीरलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु निकै जरुरी हुन्छ । भिटामिन र मिनरल्सले भरपुर खानेकुराको सेवनले काम गर्ने शक्ति प्रदान गर्नुका साथै सङ्क्रामक रोगसँग लड्न बलियो प्रतिरोधात्मक क्षमता निर्माण गर्न पनि फाइदाजनक हुन्छ । यस बाहेक दिमागलाई शान्त राख्न र सोच्ने र सम्झने क्षमता बढाउन आहारको पोषण पनि धेरै महत्त्वपूर्ण हुन्छ ।

३. नियमित योग–व्यायाम
दैनिक व्यायाम गर्ने बानीले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । नियमित योग–व्यायाम गर्नेमा मुटु रोग–मधुमेहको जटिलताको जोखिम कम हुन्छ, साथै दिमागलाई शान्त राख्न र तनावबाट बचाउन पनि फाइदाजनक हुन्छ । योगले गम्भीर रोगको जोखिमलाई कम गर्न सक्छ, साथै यसले डिप्रेसनको समस्याबाट पीडित व्यक्तिहरूलाई राहत दिन पनि सहयोगी हुन्छ ।

४. पर्याप्त निन्द्रा
हरेक रात ६–८ घण्टा सुत्नु मानसिक र शारीरिक दुवै स्वास्थ्यको लागि आवश्यक छ । पर्याप्त निद्रा नपुग्दा मुटु र मेटाबोलिक रोग लाग्ने खतरा हुन्छ । यसबाहेक निद्रा पूरा नहुने मानिसमा मानसिक रोगको जोखिम पनि बढी देखिएको छ । राम्रो निन्द्राले तपाईलाई ऊर्जावान बनाउनुका साथै दिमाग शान्त र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ