२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगविपरिता करणी योगासन गर्ने विधि र फाइदा

विपरिता करणी योगासन गर्ने विधि र फाइदा


शरीरको समग्र स्वास्थ्य कायम राख्नको लागि दैनिक दिनचर्यामा योगासन समावेश गर्नु उत्तम विकल्प मानिन्छ । योगले शरीरको तनाव कम गर्नुका साथै लचिलोपन बढाउन मद्दत गर्छ ।

योगासनले दिमाग र शरीर दुवैमा सकारात्मक प्रभाव पार्छ । स्वास्थ्य विज्ञहरूका अनुसार हरेक उमेरका व्यक्तिले दैनिक योग अभ्यासका लागि समय निकाल्नुपर्छ । यसो गर्नाले, तपाईँले शारीरिक निष्क्रियताको जोखिमलाई कम गर्न सक्नुहुन्छ, जुन हाल धेरै रोगहरूको प्रमुख कारणको रूपमा देखिन्छ । आफ्नो शारीरिक अवस्थाको आधारमा, सबै मानिसहरूले आफ्नो दैनिक दिनचर्यामा योगासनहरू समावेश गर्नुपर्छ ।

योग विज्ञहरूका अनुसार लेग्स अप द वाल पोज अर्थात् विपरिता करणी योगको अभ्यास शरीरका सबै अङ्गका लागि सबैभन्दा लाभदायक मानिने योग अभ्यासमध्ये एक हो । विपरिता करणी योगलाई खुट्टादेखि टाउकोसम्मको मांसपेशीलाई स्वस्थ राख्न र रक्तसञ्चार राम्रो बनाउन निकै प्रभावकारी मानिन्छ ।

तनाव र चिन्ता कम गर्नको साथसाथै, लेग्स अप द वाल पोजको दैनिक अभ्यास धेरै प्रकारका शारीरिक जटिलताहरू रोक्नको लागि विशेष गरी फाइदाजनक हुन सक्छ । आउनुहोस् यसका स्वास्थ्य लाभका बारेमा जान्नुहोस्।

विपरिता करणी योग कसरी अभ्यास गर्ने?
विपरिता करणी योगको अभ्यास शारीरिक सहन शक्ति बढाउन र रगतको उचित परिसंचरण कायम राख्नको लागि सबैभन्दा प्रभावकारी अभ्यास हो । यो योग नियमित अभ्यास गर्ने बानीले तपाईँलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू दिन सक्छ ।

यो योग अभ्यास गर्न पहिले आफ्नो पिठ्युँमा सुत्नुहोस् र आफ्नो हात र खुट्टा भुईँमा सीधा राख्नुहोस् ।अब बिस्तारै दुवै खुट्टा माथि उठाउनुहोस् ताकि ९० डिग्रीको कोण बनोस् । निश्चित गर्नुहोस् कि पछाडि र टाउको भुईँमा रहन्छ । केही समय यस स्थितिमा रहनुहोस् र त्यसपछि पहिलेकै स्थितिमा फर्कनुहोस् ।

विपरिता करणी योगका फाइदाहरू के हुन् ?
लेग–अप–द–वाल पोजले शारीरिक र मानसिक स्वास्थ्य दुवैको लागि विभिन्न प्रकारका फाइदाहरू हुन सक्छ । घाँटीदेखि खुट्टासम्मको मांसपेशीलाई स्वस्थ राख्नको लागि यो योगको नियमित अभ्यास गर्नाले निकै फाइदा हुन्छ ।
– शरीरलाई आराम र थकान कम गर्न लाभकारी व्यायाम ।
– तनावबाट राहत प्रदान गर्दछ ।
– घुँडा दुखाइ कम गर्न सहयोगी ।
– घाँटीको तनाव र दुखाइ कम गर्छ ।
– यो खुट्टाको थकान हटाउनको लागि विशेष लाभदायक व्यायाम हो ।
– मन शान्त राख्छ ।
– ढाड दुख्ने समस्याले सताएको मानिसले राहत पाउँछन् ।

 विपरिता करणी योगको सावधानी

यदि तपाईँलाई लेग–अप–द–वाल पोज गर्दा तपाईँको खुट्टाले ९० डिग्री कोण बनाउन गाह्रो लाग्छ भने, तपाईँले भित्ताको सहारा लिन सक्नुहुन्छ । यो योग अभ्यास महिनावारी वा हिप–घुँडा चोट हुँदा गर्नुहुँदैन ।  गर्भवती महिला, उच्च रक्तचाप वा हर्निया भएका व्यक्तिहरूले यो योग अभ्यास गर्नु अघि विशेषज्ञको सल्लाह लिनुपर्छ ।
अमरउजालाबाट  भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ