२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगदिमागलाई तेजिलो बनाउन अभ्यास गर्नुस् यी योग

दिमागलाई तेजिलो बनाउन अभ्यास गर्नुस् यी योग


योग शरीरलाई स्वस्थ राख्नका साथै मानसिक रूपमा पनि निकै फाइदाजनक हुन्छ । योग अभ्यास सबै उमेरका व्यक्तिका लागि लाभदायक हुन्छ । विद्यार्थी जीवनमा आउने तनावलाई हटाउन पनि योग निकै फाइदाजनक हुन्छ । यसको नियमित अभ्यासले स्मरण शक्ति र एकाग्रता बढाउँछ । त्यहाँ धेरै विशेष योगासनहरू छन्, जसको अभ्यासले तेज दिमागको साथसाथै तपाईँको तनाव कम गर्न सक्छ ।

१. सुखासन


सुखासन योग योगको सबैभन्दा सजिलो र सबैभन्दा लाभदायक व्यायाम हो । यसको अभ्यासले मानसिक र शारीरिक ऊर्जा दिन्छ । सुखासनको अभ्यासका लागि खुट्टामाथि खुट्टा राखेर बस्नुहोस् र ढाँडलाई सीधा राख्नुहोस् । यो आसन गर्दा हातको मुद्रामा विशेष ध्यान दिनुहोस् । यो आसन गर्नाले मनको शक्ति बढ्छ ।

२. पदासन


पदासन गर्न दाहिने खुट्टाको घुँडा झुकाएर देब्रे खुट्टाको तिघ्रामा राख्नुहोस् । यसका साथसाथै दुवै हातलाई टाउकोभन्दा माथि उठाएर नमस्कार गर्ने मुद्रामा आउनुहोस् । केही समय यस स्थितिमा बसेपछि, आरामको अवस्थामा फर्कनुहोस् । पदासन गर्नाले मानसिक तनावबाट मुक्ति मिल्छ र शरीर तन्दुरुस्त हुन्छ ।

३. भुजंगासन


यसले शरीरको लचकता कायम राख्न र पेटको बोसो घटाउन धेरै मद्दत गर्छ । यस आसनको अभ्यास गर्न, पहिले पेटमा सुत्नुहोस् । यसपछि हत्केलालाई काँधसँग मिलाएर राख्नुहोस् । दुई खुट्टाको बिचमा कुनै दूरी हुनु हुँदैन र खुट्टा सीधा हुनुपर्छ । यसपछि सास लिनुहोस् र शरीरको अगाडिको भागलाई माथि उठाउनुहोस् । कम्मरमा धेरै तनाव हुनु हुँदैन । केही सेकेन्डको लागि यो अवस्थामा रहनुहोस् र त्यसपछि गहिरो श्वास छोड्नुहोस् र सामान्य अवस्थामा फर्कनुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ