२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशरिरमा रगतको कमी हुँदा गर्नुहोस यी योग

शरिरमा रगतको कमी हुँदा गर्नुहोस यी योग


शरीरमा एनिमियाले धेरै गम्भीर स्वास्थ्य जटिलताहरू निम्त्याउन सक्छ । रगतको कमीलाई एनिमिया भनिन्छ । यो एक अवस्था हो जसमा शरीरको तन्तुहरूमा पर्याप्त अक्सिजन पु¥याउन पर्याप्त रातो रक्त कोशिकाहरू हुँदैनन् । रक्तअल्पता अस्थायी वा दीर्घकालीन हुन सक्छ, लक्षणहरू हल्कादेखि गम्भीरसम्मका हुन्छन् ।

पोषक तत्वको कमीका कारण हेमोग्लोबिन घट्छ र धेरै रोग लाग्ने सम्भावना बढ्छ । हेमोग्लोबिनको कमीलाई पूर्ति गर्न पौष्टिक खानाको सेवनसँगै अन्य धेरै उपाय अपनाउन सकिन्छ ।

सूर्यभेदी प्राणायाम
यस आसनको नियमित अभ्यासले शरीरमा ऊर्जा बढ्छ र रगतको विकार छिट्टै कम हुन्छ । सूर्यभेदी प्राणायाम रातो रक्त कोशिकाहरु को निर्माण मा उपयोगी छ । यसबाहेक यो योगको अभ्यासले कफ, दम, खोकी, साइनस, मुटु, पाइल्स जस्ता समस्यामा पनि आराम मिल्छ ।

सूर्यभेदी प्राणायाम कसरी अभ्यास गर्ने ?
स्टेप १– पद्मासन वा सुखासनमा बसेर कम्मर, गर्दन र ढाँड सीधा राख्नुहोस् ।
चरण २– अब ज्ञान मुद्रामा देब्रे हातका औंलाहरूलाई देब्रे खुट्टामा राखेर दाहिने हातका दुई औंलाहरूले देब्रे नाकको प्वाल बन्द गर्नुहोस् ।
चरण ३– दाहिने नाकको प्वालबाट सास लिनुहोस्, दुबै हातको औंलाले दाहिने नाकको प्वाल बन्द गर्नुहोस् र आफ्नो क्षमता अनुसार सास होल्ड गर्नुहोस् ।
चरण ४– यो प्रक्रिया १० पटक दोहोर्याउनुहोस्

उज्जाई प्राणायाम
यो आसन गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ । शरीरको पाचन क्रियामा सुधार हुन्छ, जसले गर्दा शरीर रोगमुक्त र बलियो हुन्छ । उज्जाई प्राणायामको अभ्यासले रातो रक्त कोशिकाहरू बन्छन् र एनीमियाको समस्या हट्छ । थाइराइडबाट पनि राहत मिल्छ ।

उज्जाई प्राणायाम कसरी अभ्यास गर्ने ?
चरण १– आरामदायी मुद्रामा बसेर सम्पूर्ण शरीरलाई आराम दिने ।
चरण २– सास लिँदा आफ्नो ध्यान घाँटीमा ल्याउनुहोस्, घाँटीबाट सास आउँदैछ भन्ने कल्पना गर्नुहोस् ।
चरण ३– सास लामो र गहिरो हुनुपर्छ, यो १०–१५ मिनेटको लागि गर्नुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ