२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगघुर्ने समस्याबाट मुक्त हुन गर्नुहोस् यी ४ योगासन

घुर्ने समस्याबाट मुक्त हुन गर्नुहोस् यी ४ योगासन


दिनभर काम गर्दा मानिसहरु धेरै थकित हुन्छन् । थकान हटाउन, मानिसहरू रातमा शान्तपूर्वक सुत्न चाहन्छन् । राम्रोसँग निन्द्रा नलाग्नुको एउटा कारण घुर्नु पनि हो । सुत्दा घुर्नु सामान्य कुरा हो तर चर्को घुरेको आवाजले वरपर सुतिरहेका मानिसको निद्रामा बाधा पु¥याउँछ ।
मानिसहरु चर्को स्वरबाट छुटकारा पाउन उपाय खोज्छन् । तर, धेरैलाई थाहा छैन कि घुर्ने समस्याबाट छुटकारा पाउनको लागि सही उपचार के हो । योगले धेरै रोगबाट बचाउँछ र मुक्ति दिन्छ । योगले घुर्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ

धनुरासन
जसलाई घुर्ने समस्या छ, उनीहरुले नियमित धनुरासनको अभ्यास गर्नुपर्छ । यो योगको अभ्यासले छातीको मांसपेशीहरूलाई आराम दिन्छ । श्वासप्रश्वासको समस्या हट्छ ।

सिंहासन
यो योग गर्दा शरीरको मुद्रा सिंहको जस्तै हुन्छ । घुर्ने समस्याबाट छुटकारा पाउन यो उत्तम आसन हो । यस आसनको अभ्यासले मुख, दाँत, घाँटी र जिब्रोका रोगहरू पनि हट्छन् ।

भुजंगासन
भुजंगासन धेरै शारीरिक र मानसिक समस्याबाट छुटकारा पाउन लाभदायक छ । यस आसनको अभ्यासले फोक्सो खुल्छ र अक्सिजनको प्रवाह बढ्छ । रक्तसञ्चारमा पनि सुधार हुन्छ ।

कपालभाती प्राणायाम
कपालभाती निद्राको समस्यालाई हटाउन सहयोगी हुन्छ । यो योगले साइनस सफा गर्छ र निद्रामा घुर्ने समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ