२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगकार्यलयमै बसेर गर्न सकिने योगाभ्यास

कार्यलयमै बसेर गर्न सकिने योगाभ्यास


शारीरिक सक्रियता कम हुँदा धेरै थरीको बिरामी हुने खतरा बढ्छ । शरीर स्वस्थ र सक्रिय राख्नका लागि बिहानै हिँडडुल गर्नुपर्छ ।

कार्यलयमा घण्टौं बसेर कार्य गरिरहेका हुन्छौं । जसकारण कम्मर, पिठ्यु र गर्दनमा दुःखाइ हुन्छ । कार्यलयमा कार्य ८ देखि १० घण्टासम्म हुन्छ । यो समयमा कर्मचारीलगातार एउटै पोजिसनमा बसेर कार्य गर्छन् ।

कर्मचारीको मन र शरीर दुवैमा यसको प्रभाव पर्दछ । शरीरमा दुःखाइ भइरहेको हुन्छ । कुर्सीमा बसेर काम गर्दा मोटोपन हुन सक्छ । पेट लाग्न सक्छ । व्यायाम र योगाभ्यासले शरीरको मोटोपन कम गर्न सकिन्छ । घरमा दैनिक जीवनमा व्यायम र योगाको लागि समय नै छैन भने यो अवस्थामा कार्यलयमा बसेर योगाभ्यास गर्न सकिन्छ ।
कार्यलयमा गर्न सकिन्छ स्ट्रेचिङ

कार्यलयमा कुर्सीमा बसेर सजिलै स्ट्रेचिङ गरेर शरीरमा हुने दुःखाइबाट राहात पाउन सकिन्छ । यसले ब्लड सर्कुलेसन र मांसपेशीमा भइरहेको दुखाइबाट छुटकारा पाउन सकिन्छ । साथै, कोलस्ट्रोल पनि कम गर्छ ।

स्ट्रेचिङ गर्ने तरिका

स्टेप १ः स्ट्रेचिङ गर्नको लागि कुर्सीमा बसेर पाखुरालाई माथि उठाउनुहोस् । दुईटै हातलाई शिरको छेउमा ल्याउनुहोस ।

स्टेप २ः अब दुईवटै हातलाई शिरको माथिबाट क्रस गरेर शरीरको कम्मरको माथि तान्नुस् र हातलाई जोड् दिनुहोस् ।

स्टेप ३ः श्वास लिंदै हात र शरीरको माथिपट्टीको भागलाई स्ट्रेच गर्नुहोस् । तीनदेखि चार पटकसम्म यो प्रक्रियालाई दोहो¥यानुहोस् ।

अमरउजालबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ