२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगथाइराइडको समस्यामा लाभदायक योगाभ्यास

थाइराइडको समस्यामा लाभदायक योगाभ्यास


तनावको कारण हाईपोथायराइडिज्मको समस्या हुन सक्छ । थाइराइडको स्तर बढ्नाले कैयौं स्वास्थ्य सम्बन्धि जटिलता हुन सक्छ । थाइराइड घाँटीमा रहेको एक सानो ग्रन्थी हो । जसले कैयौं आवश्यक हर्मोन उत्पादन गर्छ । यो हर्मोन मोटाब्लिजम शरीरको तापमान र विकासको लागि आवश्यक हुन्छ । थाइराइडको स्तर बढ्ने वा कम हुने दुई वटै स्थितिमा शरीरको नोक्सान हुन सक्छ । योग गुरुहरु कुनै योग मुद्राले थाइराइडको स्तर सन्तुलनमा राख्नको लागि सहयोग हुने मान्यता राख्दछन् ।

समग्र स्वास्थको लागि योग फाइदाजनक हुन्छ । योगले शरीरमा उर्जा सन्तुलित गर्छ र लचिलोपन आउने साथ तनावको समस्याबाट छुटकारा पाइन्छ । स्वास्थ्यको गम्भीर समस्याका लागि योग राम्रो सावित हुन्छ । थाइराइडको स्तर नियन्त्रण गर्न र स्वास्थ्य समस्याको कम गर्न लाभदायक योगभ्यास बताइएको छ ।

सेतुबन्धासन
यो आसनलाई ब्रिज पोज पनि भनिन्छ । पिठ्यु र मेरुदण्डको हड्डीलाई बलियो बनाउनको लागि योगासन लाभदायक छ । अध्ययनबाट पत्ता लगाइएको छ सेतुबन्धासनको अभ्यासले थाइराइडको लक्षणलाई कम गर्न सकिन्छ ।

यो आसन गर्नको लागि पछाडिको बलबाट सुतेर खुट्टालाई घाँटीको चौडाइसँग थोरै अलग गरेर घुडालाई मोड्नुहोस् । अब हातलाई खोल्दै हातलाई एकदम सिधा जमिनमा अर्कोतिर लैजानुहोस र श्वास लिँदै कम्मरको भाग माथितिर उठाउनुहोस् । श्वास छोड्दै पहिलकै स्थितिमा आउनुहोस् ।

कोबरा पोज
थाइराइडको समस्याबाट राहत पाउनको लागि कोबरा पोजको अभ्यास गर्न सक्नुहुन्छ । यो आसनबाट घाँटी र थाइराइडका लागि सहायक मानिन्छ । कोबरा पोजको अभ्यासको लागि जमिनमा पल्टेर हातलाई भुइँमा राखेर कुमको चौडाइबाट अलग राख्नुहोस् । अब श्वास लिंदै छातीलाई जमिनबाट विस्तारैमाथि उठाउनुहोस्, जति सक्दो माथि हेर्नुहोस् । यो अभ्यासलाई फेरि दोहो¥याउनुहोस् ।

(यो योग विशेषज्ञको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिको बारेमा जान्नको लागि कुनै योग गुरुसँग सम्पर्क गर्न सक्नुहुन्छ ।)

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ