२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगआँखा स्वास्थ्यका लागि लाभदायक योगासन

आँखा स्वास्थ्यका लागि लाभदायक योगासन


गलत खानेकुरा, मोबाइल वा कम्प्युटरको स्क्रिनमा धेरै समय बिताउने र आँखालाई आराम नदिनाले मानिसमा सानैदेखि दृष्टि कम हुने समस्या हुन सक्छ । उमेर बढ्दै जाँदा आँखाका धेरै रोग लाग्नु र ज्योति गुमाउनु सामान्य समस्या भएतापनि अहिले साना बालबालिकामा आँखाको समस्या बढ्दै गएको छ । सबैले आँखाको स्वास्थ्यको ख्याल राख्नु जरुरी भएको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

आँखाको स्वास्थ्यका लागि जीवनशैलीमा सुधार र पौष्टिक आहार लिनुपर्छ । साथै दिनचर्यामा केही प्रकारका योगासनहरू समावेश गर्ने बानी बसाल्नुहोस् । धेरै प्रकारका शारीरिक समस्याका साथसाथै योगा आँखाका लागि पनि फाइदाजनक हुन्छ । योग विशेषज्ञहरुका अनुसार आँखाको रोग लागेमा दैनिक योगाभ्यास गर्नुपर्छ ।

अनुलोम–विलोम प्राणायाम
प्राणायामको दैनिक अभ्यासले सम्पूर्ण शरीरलाई स्वस्थ राख्न सक्छ । अनुलोम विलोम प्राणायामको नियमित अभ्यासले अवरुद्ध ऊर्जा च्यानलहरू (नाडीहरू) सफा गर्न र दिमाग शान्त राख्न मद्दत गर्दछ । अनुलोम विलोम प्राणायाम नियमित रूपमा स्नायुलाई राहत दिन र दृष्टि सुधार गर्न साथै छाला स्वस्थ बनाउन उपयोगी छ ।

हलासन 
हलासन योगको अभ्यासलाई पछाडिबाट कम्मरसम्मको रक्त सञ्चारलाई राम्रोसँग राख्नको लागि लाभदायक मानिन्छ । हलासनले शरीरको माथिल्लो भागमा रक्त सञ्चारलाई बढावा दिन मद्दत गर्छ । जसले गर्दा आँखालाई स्वस्थ राख्न सकिन्छ । यो योगको नियमित अभ्यास गर्नाले बुढेसकालसम्म आँखाको ज्योति राम्रो अवस्थामा राख्न सकिन्छ । साथै, हलासन स्नायु प्रणालीलाई शान्त पार्न र यससँग सम्बन्धित विकारहरूको जोखिम कम गर्न पनि लाभदायक छ ।

सर्वांगासन 
आँखाको स्वास्थ्यका साथसाथै रक्त सञ्चार ठीक राख्न सर्वांगासन गर्ने बानी बसाल्नुहोस् । सर्वांगासनको नियमित अभ्यासले मस्तिष्क र अप्टिक स्नायुमा रक्त सञ्चारलाई बढावा दिन्छ । साथै आँखालाई आराम दिनुका साथै मस्तिष्कलाई पनि स्वस्थ बनाउँछ ।

नोटः यो लेख योगगुरुको सुझावको आधारमा तयार गरिएको हो । तपाईं सही मुद्रा स्थिति बारेमा जान्न को लागि विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

-अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ