२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगबालबालिकाहरुका लागि लाभदायक तीन योगासन

बालबालिकाहरुका लागि लाभदायक तीन योगासन


प्रायः पढाइको समय बालबालिकाको ध्यान भड्किने गर्छ । पढाइभन्दा धेरै उनीहरु आफ्नो वरपरका कुराहरूमा ध्यान दिन्छन् । धेरै पढेर पनि पाठ याद गर्दैनन् । जुन च्याप्टर राम्रोसँग तयारी गराएको छ । परीक्षामा बच्चा त्यसको जवाफ पनि भुल्छन् । यस्तो लगभग धेरै बच्चाहरुसँग हुन्छ ।

जसका कारण आमाबाबु बच्चाको शिक्षा र भविष्यप्रति चिन्तित हुन्छन् । पूर्ण रूपमा पढाइमा ध्यान दिन नसक्नाले आमा, बाबु बच्चालाई गाली गर्छन् तर उनीहरूमाथि दबाब दिनुभन्दा राम्रो हो, बच्चाहरूको यो समस्याको समाधान गर्न गर्नुहोस् । बच्चाको मन एकाग्र राख्न, पढाइमा ध्यान लगाउन साथसाथै स्मरण शक्ति बढाउन नियमित योगाभ्यास गर्न सकिन्छ ।

योग विशेषज्ञकाअनुसार योगासन शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभकारी हुन्छ । नियमित रूपमा केही योगासनहरूको अध्ययन गर्नाले मन शान्त रहन्छ । एकाग्रता बढ्छ र दिमाग तेज हुन्छ ।

ताडासन
पढाइका लागि एकाग्रता आवश्यक छ । बालबालिकामा एकाग्रता बढाउनको लागि ताडासनको नियमित अभयास गर्न सकिन्छ । यो योग बालबालिकामा ब्रिडिङ क्षमता बढाउँछ र मुड राम्रो रहन्छ । पढाइमा फोकस गर्नका लागि नियमित रूपमा ताडासनको अध्ययन गर्न सकिन्छ ।

वृक्षासन
पढाइ र राम्रो अंक ल्याउने दबाबमा बालबालिकाहरु तनावग्रस्त हुन सक्छन् । परीक्षाको समयमा उनीहरुको तनाव बढ्दै जान्छ । साथसाथै पूरा दिन बसेर पढ्दा शरीरमा पनि पीडा हुन सक्छ । यस्तै तनाव कम गर्न र शरीरमा पीडाबाट मुक्ति पाउनका लागि बालबालिकाको वृक्षासन योग सिकाउनुहोस् । दैनिक यो योगाभ्यासबाट धेरै लाभ पाइन्छ ।

अधोमुखश्रानासन
पढाइको बेलामा प्रायः बच्चाहरु निन्द्रा आएको महसुस गर्छन् । सुस्तीको कारण पढाइमा मन लाग्दैन् र थकान महसुस हुन्छ । यस्तै, नियमित अधोमुखश्रानासनले अब शरीरमा लचिलोपन आउँछ । सुस्ती टाढा हुनुको साथै स्फूर्ति बढ्छ र शरीरमा रक्तप्रवाह बढ्न थाल्छ । यस आसनको अभ्यासले शिरमा रक्त संचार बढ्नाका साथै दिमागमा सही तरिकाले अक्सिजनको पहुँच हुन्छ र एकग्रता बढाउँछ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ