२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगटेबल वर्क र ग्याजेटमै व्यस्त हुनुहुनछ, यी हुन् फाइदाजनक योगासन

टेबल वर्क र ग्याजेटमै व्यस्त हुनुहुनछ, यी हुन् फाइदाजनक योगासन


प्रायः महिलाहरू वा बच्चाहरू जो लगभग पूरा दिन घरमा बस्छन् । उनीहरु समय बितानका लागि टिभी वा फोनको प्रयोग गर्छन् । गर्मीको मौसम बढ्दै गएको कारण पनि मानिसहरू घरबाट बाहिर निस्किदैनन् ।

लगभग पूरा दिन टिभी हेर्ने वा मोबाइल प्रयोग गर्दा उनीहरुलाई धेरै थरीका शारीरिक समस्या हुन सक्छ । जस्तैः स्क्रीन टाइम बढ्नाले आँखामा असर हुन सक्छ । दिमागमा पनि नकारात्मक असर हुन सक्छ । साथै, बस्दा बस्दा शरीरमा पीडा हुन सक्छ । मोटोपन बढ्नु यो पनि एक कारण हुन सक्छ । बच्चा होस् वा ठूला सबैमा नकारात्मक असर हुन सक्छ । यस्तोमा सबैभन्दा पहिले तपाईंको स्क्रीन टाइम कम गर्न आवश्यक छ ।

त्यही शारीरिक सक्रियता बढाउनुहोस् ताकि टेलिभिजन, ल्यापटप या मोबाइलको अधिक प्रयोगले तपाईंको दिमाग र शरीरमा हुने दष्प्रभावलाई कम गर्न सकियोस् । र कैयौं बिरामीबाट टाढा रहन सकियोस् । यसको लागि योग विज्ञहरू अभ्यासको सल्लाह दिन्न्छन् । मोबाइल, ल्यापटप या टिभीको अगाडि बस्न जरुरी छ भने बसी बसी योगाभ्यास गर्नुहोस् ताकि स्वास्थ्यमा हुने दुष्प्रभावलाई कम गर्न सकियोस् ।

वीरभद्रासन चेयर पोज
सोफा वा कुर्सीमा बसेर टिभी हेर्ने हो भने बसेर वीरभद्रासन योगका अभ्यास गर्न सकिन्छ । यो योगको चेयर पोज भन्छन् । यसलाई गर्नका लागि दाँया जाँघलाई कुर्सी टिकाएर बाँया खुट्टा तान्नुहोस् । अब बायाँ खुट्टा र कुर्सीको बराबर राखेर जमिनमा टिकाउनुहोस् र छातीतिर झुकाउनुहोस् । श्वास तान्दै दुवै हातलाई माथितिर उठाउँदै मिलाउनुहोस् । केही सेकेन्ड सो पोजिशनमा बसेपछि सामान्य मुद्रामा आउनुहोस् ।

गरुडासन
यस आसनको लागि सोफामा वा कुर्सीमा बसेर दायाँ जाँघको बायाँ खुट्टामाथि क्रस गर्नुहोस् । अब बायाँ हातलाई दायाँ हातमा बेर्नुहोस । दुवै कुहिनो उठाउनुहोस् र काँधलाई कानबाट टाढा राख्नुहोस् । यो स्थितिमा चार–पाँच पटक श्वास लिनुहोस् ।

अनुमोल विलोम
सोफामा बसेर अनुलोम विलोम प्रणायाम पनि गर्न सक्नुहुन्छ । यसले आँखाको रोशनी उत्तम हुन्छ । स्क्रीन टाइम बढ्नाले आँखामा पर्ने असर कम गर्नको लागि दैनिक अभ्यास अनुलोम विलोमलाई सामेल गर्नुहोस् । यो प्रणायामले अन्य रोग र शारीरिक रोगबाट बच्न पनि सहयोग पु¥याउँछ ।

(यो योग विशेषज्ञको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिको बारेमा जान्नको लागि कुनै योग गुरुसँग सम्पर्क गर्न सक्नुहुन्छ ।)


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ