२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठयोगमुटुसँग सम्बन्धित समस्याबाट बच्न प्रभावकारी योगाभ्यास

मुटुसँग सम्बन्धित समस्याबाट बच्न प्रभावकारी योगाभ्यास


कोभिड—१९ पछि मुटुको समस्या तीव्र रूपमा बढिरहेको देखिएको छ । पछिल्ला केही वर्षमा हृदयघात र कार्डियक अरेस्टजस्ता समस्याले मानिसमा ज्यान जोखिम बढाएको छ । मुटुरोग जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्छ । यो एक गम्भीर समस्या र घातक रोग हो । स्वास्थ्य विज्ञहरूका अनुसार मानिसको जीवनशैली र खानपानमा गडबडीका कारण मुटुरोगको जोखिम झन् बढ्न गएको छ ।

यसको प्रभाव पाँच वर्षमुनिका बालबालिकामा पनि देख्न सकिन्छ । उनीहरुमा पनि कार्डियाक अरेस्टको जोखिम देखिएको थियो । योग विज्ञहरूकाअनुसार नियमित योगाभ्यासले मुटु रोगलगायत धेरै ज्यान जोखिममा पार्ने स्वास्थ्य समस्याको जोखिम कम गर्न सकिन्छ ।

उच्च रक्तचाप, कोलेस्ट्रोल र रगतमा चिनीको मात्रालाई योगाभ्यासले नियन्त्रण गर्न सकिन्छ । जसले मुटुको धड्कन कम गर्न मद्दत गर्छ । हृदयघातको जोखिम पनि कम गर्न सकिन्छ । आफ्नो दैनिक दिनचर्यामा योगासन समावेश गरेर हृदय रोगबाट बच्न सकिन्छ ।

प्राणायाम
प्राणायाम अभ्यास मानसिक र शारीरिक स्वास्थ्यको लागि लाभदायक छ । हृदय रोगको मुख्य कारक उच्च रक्तचाप हो । जसलाई कम गर्न यो योग आसन पनि गर्न सकिन्छ । प्राणायामको अभ्यासले मुटुको मांसपेशीलाई आराम दिन्छ र रक्तसञ्चार सुधार गर्छ । एकै समयमा प्राणायाम योगासनको अभ्यासले हृदयमा कुनै पनि अतिरिक्त दबाब कम गर्न सक्छ । मुटुलाई स्वस्थ राख्न प्राणायाममा भस्त्रिका, कपालभाती र अनुलोम–विलोमको बानी बसाल्नुहोस् ।

त्रिकोनासन
यस आसनको अभ्यासले फोक्सो बलियो हुन्छ । पाचन सुधार गर्छ र मांसपेशी बलियो बनाउँछ । मुटुरोगको समस्याबाट छुटकारा पाउन त्रिकोनासन अभ्यास गर्न सकिन्छ । यो आसन गर्नका लागि सिधा उभिनुहोस् र खुट्टाको बीचमा करिब दुई फिटको दूरी राख्नुहोस् । गहिरो श्वास लिएर शरीरलाई दायाँतिर झुकाउनुहोस् र बायाँ हातलाई माथितिर सार्नुहोस् । आफ्नो आँखा बायाँ हातको औंलाहरूमा स्थिर राख्नुहोस् र केही समयका लागि यो स्थितिमा रहनुहोस् । पूरानो स्टेजमा फर्कनुहोस् ।

वृक्षासन
वृक्षासनले तनाव कम गर्छ । मस्तिष्कलाई शान्त राख्छ र हृदय रोगको समस्याबाट बचाउँछ । यो आसन गर्न बायाँ खुट्टा सिधा राखेर सन्तुलन कायम राख्नुहोस् । गहिरो श्वास लिएर टाउको माथि हात उठाएर नमस्कार गर्नुहोस् । मेरुदण्ड सिधा राखेर, दाहिने तिघ्रामा बायाँ सोल राख्नुहोस् । एउटै प्रक्रिया दोहो¥याउनुहोस् ।

मार्जोरी आसन
यो आसन गर्नका लागि शरीरको मुद्रा बिरालोको जस्तो हुनुपर्छ । मार्जरी आसनको अभ्यासले ढाडको हड्डी बलियो हुन्छ । शरीरको गतिशीलता, कमजोर मुद्रा सुधार र ढाड दुखाइमा राहतलगायतका हृदय रोगहरूको रोकथाम हुन सक्छ ।

(यो लेख योग विशेषज्ञहरूको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिबारे जान्नको लागि तपाईंले योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ