२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगफोक्सोलाई लाभदायक योगासन

फोक्सोलाई लाभदायक योगासन


५ मेलाई विश्व वातावरण दिवसका रुपमा मनाइन्छ । विश्वभरी वातावरणलाई संरक्षण गर्न र सुरक्षित राख्ने उद्धेश्यले मान्छेलाई जागरुक गर्नको लागि हरेक वर्ष वातावरण दिवस मनाइन्छ । वातावरणको क्षति पु¥याउनु एक कारण वायु प्रदुषण पनि हो ।

लगातार वायु प्रदुषणको कारण फोक्सो सबैभन्दा बढी प्रभावित हुन्छ । प्रदुषित हावामा श्वास फेर्दा हानिकारक तत्वहरू वायु मार्ग हुँदै फोक्सोमा जान्छन् । जसका कारण धेरै किसिमका गम्भीर रोग लाग्ने खतरा बढेको छ ।

स्वास्थ्य विज्ञहरू भन्छन्, ‘प्रदुषणका कारण शरीरमा अक्सिजन पु¥याउन मुटु र फोक्सोले कडा मेहनत गर्नुपर्ने हुन्छ । जसका कारण फोक्सोको क्षमता कमजोर हुन्छ ।’ तथापि, योगासन अभ्यास गरेर फोक्सो बलियो बनाउन र योग आसनहरू दिनचर्यामा समावेश गर्न सकिन्छ । योगाभ्यास गर्ने बानीले श्वास—प्रश्वाससम्बन्धी समस्यालाई हटाउनुका साथै फोक्सोलाई बलियो बनाउँछ ।

कपालभाती प्राणायाम
कपालभाती प्राणायाम सम्पूर्ण शरीरको स्वास्थ्यको लागि लाभदायक मानिन्छ । कपालभाती मानसिक र शारीरिक दुवै स्वास्थ्यका लागि लाभदायक छ । कपालभाती प्राणायामले फोक्सोलाई बलियो बनाउनुका साथै श्वास—प्रश्वाससम्बन्धी रोगको जोखिम कम गर्छ । वायु मार्गबाट बलगम खाली गर्न, सुनिन कम गर्न र फोक्सोको क्षमता सुधार गर्न मद्दत गर्दछ । वायु प्रदुषणको जोखिमबाट बच्न यो योगको नियमित अभ्यास गर्नुहोस् ।

सुखासन
फोक्सोको विसंगति हटाउन सुखासन अभ्यास गर्न सकिन्छ । यसले फोक्सोमा रगतको प्रवाह बढाएर फोक्सोको मांसपेशीबाट हानिकारक विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ । श्वास—प्रश्वाससम्बन्धी रोग लागेका व्यक्तिले नियमित सुखासन गर्नुपर्छ ।

भुजंगासन
भुजंगासन योग वा कोबरा मुद्रा मानसिक शान्तिको लागि एक महान् व्यायाम मात्र हो । साथै यो छाती र फोक्सोको लागि पनि धेरै प्रभावकारी मानिन्छ । मेरुदण्ड बलियो बनाउने र दमको लक्षणबाट मुक्ति दिने यो योग आसनबाट ढाड दुख्ने समस्यामा पनि फाइदाजनक पाइन्छ । भुजंगासन योगको नियमित अभ्यास गर्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम कम गर्न पनि मद्दत गर्छ ।

(यो लेख योग विशेषज्ञहरूको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिबारे जान्नको लागि तपाईंले योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ