२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगश्वासप्रश्वास सम्बन्धि समस्यामा लाभदायक योगासन

श्वासप्रश्वास सम्बन्धि समस्यामा लाभदायक योगासन


दौडधुपको जीवनमा मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत समय दिन सक्दैनन् । व्यस्तताका कारण व्यायाम र योगबाट टाढा रहन्छन् । यस्तो अवस्थामा उनीहरुको शारीरिक र मानसिक विकासमा गहिरो असर पर्छ ।

शारीरिक क्रियाकलापको कमीले शरीर दुख्ने, श्वास फेर्न समस्या हुन सक्छ । व्यस्त जीवनशैलीले तनाव बढाउन सक्छ । जसले मानसिक स्वास्थ्यलाई पनि बिगार्न सक्छ । यद्यपि विज्ञहरू योग शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक रहेको बताउँछन् ।

योगासनको अभ्यासले धेरै रोगहरूबाट बच्न सकिन्छ । आदि मुद्रा पनि यी योग आसनहरूमा समावेश गरिएको छ । जसले विशेष गरी श्वास फेर्नमा आउने समस्याहरू हटाउन मद्दत गर्दछ ।

आदि मुद्राको फाइदा

१. फोक्सो सुनिन र संक्रमणबाट राहत
आदि मुद्राको अभ्यासले फोक्सोको सुनिएको कम गर्न सक्छ । यस मुद्राको अभ्यासले श्वासप्रश्वास प्रणाली बलियो हुन्छ र श्वासप्रश्वास प्रणाली र फोक्सो सुनिएको कम गर्न सकिन्छ । यसबाहेक आदि मुद्राले फोक्सोको संक्रमणलाई पनि कम गर्न सकिन्छ । ऊर्जास्तर सुधार गर्छ र ब्रोन्काइटिस र दमजस्ता श्वासप्रश्वासजन्य रोगहरुलाई कम गर्न मद्दत गर्छ ।

२. चिसोबाट राहत
चिसोमा घाँटी समस्याको एक कारणले श्वासप्रश्वास प्रणालीमा संक्रमण हुन सक्छ । यो समस्याबाट छुटकारा पाउन आदि मुद्राको अभ्यास गर्न सकिन्छ । आदि मुद्राको अभ्यासले संक्रमण कम गर्न र चिसोबाट राहत प्रदान गर्न गर्दछ ।

३. घुर्ने समस्या निको पार्छ
चर्को स्वरमा घुर्ने समस्या भएका व्यक्तिले आदि मुद्राको अभ्यास गर्नुपर्छ । आदि मुद्राले स्नायु प्रणालीलाई आराम दिन्छ र घुर्ने बानी कम गर्न मद्दत गर्दछ । मस्तिष्कमा अक्सिजन प्रवाह सुधार गर्न र फोक्सो क्षमता बढाउन सक्छ ।

आदि मुद्रा अभ्यास गर्ने विधि
चरण १ – आदि मुद्रा गर्न, सुखासनमा बस्नुहोस् । आफ्नो आँखा बन्द गर्नुहोस् र आफ्नो मन शान्त गर्नुहोस् ।
चरण २ – अब हात जोड्दै ध्यान श्वासमा केन्द्रित गर्नुहोस ।
चरण ३ – मुट्ठी जस्तै हात बन्द गर्नुहोस् । औंला भित्र राख्नुहोस् ।
यो आसन १५ देखि २० मिनेटसम्म दोहो¥याउनुहोस् ।

नोटः यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो । सही मुद्रा स्थितिबारे जान्नको लागि एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

दैनिक भास्करबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ