२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठयोगयोगाभ्यास गर्दा गर्नै नहुने तीन गल्ती

योगाभ्यास गर्दा गर्नै नहुने तीन गल्ती


योगा शारीरिक र मानसिक स्वास्थ्यको लागि लाभदायक छ । नियमित योगाभ्यासले स्वास्थ्यमा सुधार गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । योगका फाइदाहरू बुझेर पनि मानिसहरू योग प्रक्रियामा ध्यान दिन्छन् । तर, योग गर्नु अघि के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने कुरालाई बेवास्ता गर्नु हुँदैन् ।

योगासन गर्नुअघि केही गलत बानीहरू अपनाउनुभयो भने स्वास्थ्य बिग्रन सक्छ । यहाँ तपाईंलाई ती गल्तीहरूको बारेमा बताइँदैछ, जुन प्रायः मानिसहरु योग गर्ने बेलामा अन्जानमा गर्छन् । योगको महत्व र सही प्रक्रियालाई बुझ्नुअघि योगाभ्यास गर्न नहुने गल्तीबारे जान्नुहोस् ।

१. निन्द्राको कमी
योग मानसिक स्वास्थ्यका लागि पनि फाइदाजनक छ । तर, निद्रा पूरा नभएमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । योगको समयमा ध्यानले महत्वपूर्ण भूमिका खेल्छ । बिहान आधा खुल्ला आँखा र आधा निद्रामा योग गर्दा कुनै फाइदा हुँदैन् । त्यसैले पर्याप्त निद्रा लिनुहोस् ताकि तपाईं ताजा मुडका साथ ध्यान गर्न सक्नुहुन्छ ।

२. राम्रोसँग खानुहोस्
योगाभ्यास गर्नुअघि कहिल्यै पनि पूर्ण खाना नखानुहोस् । पेट भरिएको अवस्थामा योग गर्न असहज हुन्छ । बिहान उठेपछि सिधैं योग नगर्नुहोस् । बरु पहिले ताजा हुनुहोस् ताकि शरीरमा भारीपन नहोस् ।

३. थकित महसुस गर्दै
धेरै पटक गलत मुद्रामा सुत्दा वा अन्य कारणले तपाईंको शरीरमा दुखाइ बढ्छ । यस्तो अवस्थामा बिहान उठेपछि योगा गर्दा थकान महसुस हुन्छ र शरीरको दुःखाइलाई बेवास्ता गर्दै यस्तो योग गर्नुहोस्, जसले दुःखाइ झन् बढाउँछ । जसका कारण योगको प्रभाव पनि नकारात्मक हुन सक्छ । त्यसैले शरीरलाई पर्याप्त आराम दिनुहोस् । त्यसपछि योग गर्नुहोस् ।

(यो लेख योग गुरुको सल्लाहको सुझावमा तयार गरिएको हो । आसनको सही स्थितिको बारेमा जान्नको लागि कुनै पनि योग विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ