२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगपिनासको समस्यामा लाभदायक योगासन

पिनासको समस्यामा लाभदायक योगासन


बदलिदो मौसम र जाडो मौसम पिनासका बिरामीको लागि झन समस्या बन्न सक्छ । पिनास आजभोलि धेरैलाई भएको हुन्छ । यो रोगको औषधि लिएपछि पनि चाँडै समस्याबाट राहात मिल्दैन् ।

पिनासको उपचारको लागि योगासन एकदमै राम्रो हुन्छ । योगासनको सहायताले पिनासबाट छुटकारा पाउन सकिन्छ । योगले धेरै रोगहरुबाट बचाउन सक्छ । उपचार गर्न सक्छ र रोगको जोखिम कम गर्न सक्छ । फरक—फरक समस्याको लागि फरक—फरक योग गर्न सकिन्छ । पिनासको लागि केही योगहरु फाइदाजनक छन् ।

पश्श्रिमोत्तनासन
पिनासबाट राहात पाउनको लागि पश्श्रिमोत्तनासनको अभ्यास गर्नुहोस् । यसका लागि सिधा बस्नुहोस् । दुई वटै खुट्टालाई फैलाउनुहोस् । र, एकअर्काको छेउमा सिधा रेखामा राख्नुहोस् । अब दुवै हातलाई माथितिर लैजानुहोस् । र, कम्मरलाई सिधा राख्नुहोस् । झुकेर दुवै हातले खुट्टाको औंला समाउनुहोस् । आफ्नो घुँडालाई नमोड्नुहोस् । र, खुट्टा जमिनमा नै राख्नुहोस् । यो आसनले टाउको दुखाइ पनि कम हुन्छ ।

हलासन
हलासनको अभ्यास गर्न भुइँमा पछाडि फर्केर सुत्नुहोस् । दुवै हातहरु भुइँमा सिधा राख्नुहोस् । विस्तारै श्वास छोड्दै दुई वटै खुट्टालाई माथि उठाउनुहोस् । अब खुट्टालाई सिधा पछाडिबाट जमिनतिर झुकाउनुहोस् र खुट्टाको पन्जालाई जमिनमा रानख्नुहोस् । टाउको सिधा राख्नुहोस् । यो स्थितिमा दुईदेखि तीन मिनेटसम्म बस्नुहोस् । सामान्य अवस्थामा आउनुहोस् ।

उत्तानासन
यो आसन गर्नको लागि सिधा उभिनुहोस् । लामो श्वास लिनुहोस् । दुवै हातलाई माथितिर उठाउनुहोस् । फेरि अगाडितिर झुक्नुहोस् । दुवै हातले जमिनमा छुनुहोस् । घुडालाई सिधा राख्नुहोस् । केही समय यसै पोजिसनमा बस्नुहोस् । अब हातलाई माथि लैजादै श्वास छोड्नुहोस् । सामान्य अवस्थामा आउनुहोस् ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ