२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगमनसुनमा हुने संक्रमणमा लाभदायक योगासन

मनसुनमा हुने संक्रमणमा लाभदायक योगासन


मनसुन कहिले राम्रो हुन्छ त कहिले नराम्रो हुन्छ । यो मौसममा डेंगु, टाइफाइड र अन्य धेरै रोगहरु लाग्न सक्छ । यदि तपाई यो मनसुनबाट आफूलाई टाढा राख्न चाहानुहुन्छ भने योगासन तपाईंका लागि फाइदाजनक हुन्छ ।

मनसुनमा लाग्ने रोगहरुबाट बच्चादेखि वृद्धासम्म शिकार हुन्छन् । यसमा सबैभन्दा गहिरो भूमिका इम्युनिटी पावरको हुन्छ । स्वस्थ खानपिनले इम्युनिटी पावर राम्रो बनाउन भूमिका खेल्छ । त्यस्तै योगाभ्यासले पनि इम्युनिटी पावर बढाउनमा ठूलो भूमिका खेल्छ ।

भुजंगासन
भुजंगासनको लागि सबैभन्दा पहिला भुइँमा सुत्नुहोस् । दुवै हत्केला भुइँमा काँधको चौडाइको दुरीमा राख्नुहोस् ।

अब शरीरको तल्लो भाग जमिनमा राखेर श्वास लिनुहोस् ।

छातीलाई भुइँबाट उठाउँदै माथि तिर हेर्नुहोस् ।

फेरि श्वास छोड्दै शरीरलाई जमिनमा ल्याउनुहोस् ।

मर्जरी आसन
यस आसनलाई बिरालो–गाई मुद्रा पनि भनिन्छ । यसको लागि भुइँमा दुवै खुट्टा र दुवै हातलाई टेकाएर बिरालोजस्तो आकारमा बस्नुहोस् ।

अब तिघ्रालाई माथितिर लैजानुहोस् । र, खुट्टाको घुडामा ९० डिग्रीको कोण बनाउनुहोस् । लामो श्वास लिँदै टाउको पछाडितिर झुकाउनुहोस् ।

अब श्वास छोड्दै टाउकोलाई तलतिर झुकाउनुहोस् । र चिउडोलाई छातीमा छुने प्रयास गर्नुहोस् ।

त्रिकोणासन
म्याटमा सिधा उभिएर खुट्टाको बीचमा ग्याप बनाउनुहोस् ।

हातलाई काँधसम्म फैलाउनुहोस् । विस्तारै श्वास फेर्नुहोस् । दाहिने हातलाई टाउकोतिर लैजानुहोस् ।

अब विस्तारै श्वास छोड्दै शरीरलाई बाँयातिर झुकाउनुहोस् । घुँडालाई झुक्न नदिई सिधा राख्नुहोस् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ