२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगकम्मरको दुखाइ कम गर्न उपयोगी तीन योगासन

कम्मरको दुखाइ कम गर्न उपयोगी तीन योगासन


जीवनशैलीमा गडबडी, आहारमा पौष्टिक तत्वको कमी र गलत पोजिसनले शरीरमा समस्या आउन सक्छ । पहिला वृद्धवृद्धालाई शरीरमा दुखाइ हुन्थ्यो । अहिले कम उमेरकालाई पनि शरीरमा दुखाइ हुन्छ ।

धेरैजसो महिलाहरुमा उठ्दा, बस्दा र झुक्दा ढाड र कम्मरमा दुखाइ हुने समस्या हुन सक्छ । यसको लागि डाक्टरसँग सल्लाह लिनु आवश्यक छ । यसबाहेक योगासनको अभ्यासबाट पनि ढाड र कम्मरको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

भुजंगासन
भुजंगआसनले मेरुदण्डको हड्डी बलियो बनाउँछ । तनाव र थकान टाढा राख्छ र प्रजनन प्रणालीमा सुधार ल्याउँछ ।

यसको आसनको लागि भुइँमा सुत्नुहोस् । हातलाई छातीको छेउमा राख्नुहोस् । टाउकोले भुइँमा छुनुहोस् । अब गहिरो श्वास लिदैं हात टेकेर शरीरको अगाडिको भाग माथितिर उठाउनुहोस् । १५ देखि २० सेकेन्डसम्म यही मुद्रामा रहनुहोस् । फेरि श्वास छोड्दै सामान्य मुद्रामा आउनुहोस् ।

सलभासन

मुद्रालाई सुधार गर्न र ढाडको दुखाइबाट राहात पाउनको लागि सलभासनको अभ्यास गर्नुहोस् ।

यो आसनको लागि भुइँमा सुतेर दुवै हत्केलालाई तिघ्राको मुनि राख्नुहोस् । दुबै खुट्टालाई अपसमा जोडेर सिधा राख्नुहोस् । विस्तारै खुट्टालाई माथि उठाउनुहोस् । खुट्टालाई माथि उठाउँदा गहिरो श्वास लिनुहोस् । केही समयमा पहिलाकै स्थितिमा आउनुहोस् ।

उष्ट्रासन

उष्ट्रासन गर्नको लागि दुव घुँडा टेक्नुहोस् । घुँडालाई काँधको चौडाइमा राख्नुहोस् । टाउकोलाई पछाडितिर लैजानुहोस् । मेरुदण्डको हड्डीलाई पछाडितिर झुकाउनुहोस् । दुवै हातले खुट्टा समाउनुहोस् । ध्यानको स्थितिमा रहनुहोस् । यो अवस्थामा गहिरो श्वास लिनुहोस् । केही समयपछि सामान्य स्थितिमा आउनुहोस् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ