२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरलाई तन्दुरुस्त राख्ने ४ योगासन

शरीरलाई तन्दुरुस्त राख्ने ४ योगासन


योग गर्नाले तौल र बोसो घटाउने मात्र होइन्, यसको अभ्यासले लामो समयसम्म स्वस्थ जीवन जीउन सकिन्छ । योगले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू निको पार्छ । आजकल बदलिँदो जीवनशैली र गलत खानपानका कारण मानिसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

व्यस्त जीवनशैलीका कारण हामी शारीरिक गतिविधीमा त्यति ध्यान दिन सकिरहेका हुँदैनौं । अस्वस्थ खानाले हाम्रो स्वास्थ्यलाई पनि असर गरिरहेको छ । तर, थोरै समय निकालेर योगाभ्यासलाई आफ्नो जीवनशैलीमा समेट्न सकिएमा यसले शारीरिक रुपमा पनि फाइदा गर्छ । केही योगाभ्याहरु तल उल्लेख गरिएका छन्, जसले तपाईंको शरीर फिट राख्नका लागि सहयोग गर्छन् ।

त्रिकोनासन
यो आसन गर्नका लागि आफ्नो खुट्टालाई काँध जत्तिकै चौडाइमा राख्नुहोस् ।

दुवै हातहरू काँधको सिधा फैलाउनुहोस् ।

दायाँ खुट्टा निकाल्नुहोस् ।

श्वास लिँदा हात माथि उठाउनुहोस् र श्वास बाहिर निकाल्दा दाहिने हातले दाहिने पन्जा छुनुहोस् र देब्रे हातलाई माथितिर लैजानुहोस् ।

फोकस माथिल्लो हातहरूमा हुनुपर्छ ।

अब अर्को खुट्टा र हातले सोही कार्य गर्नुहोस् ।

बालासन

बालासन सजिलोसँग गर्नका लागि भुइँमा आफ्नो घुँडा टेकेर बस्नुहोस् ।

खुट्टा माथि हिप राख्नुहोस् ।

श्वास लिने क्रममा हातहरू माथि उठाउनुहोस्, त्यसपछि श्वास छोड्दा शरीरलाई अगाडि लैजानुहोस् र हातले जमिन छुने प्रयास गर्नुहोस् ।
भुइँमा निधार राख्नुहोस्, जति सक्नुहुन्छ यो स्थितिमा रहनुहोस् ।

त्यसपछि विस्तारै पहिलाकै स्थितिमा आउनुहोस् । यो आसन ४–५ पटक दोहो¥याउनुहोस् ।

पश्चिमोउत्तानासन
यो आसन गर्नका लागि सबैभन्दा पहिले भुइँमा सिधा बसेर दुवै खुट्टा फैलाएर एकअर्काको छेउमा राख्नुहोस् ।

श्वास लिँदा दुवै हातलाई माथि उठाउनुहोस् । श्वास छोड्दा दुवै हातले खुट्टाको औंला समात्ने प्रयास गर्नुहोस् ।

ध्यान दिनुहोस् कि यस समयमा तपाईंको घुँडाहरू झुक्नु हुँदैन् र खुट्टाहरू पनि जमिनको छेउमा हुनुपर्छ । जति सक्नुहुन्छ यो स्थितिमा रहनुहोस् र त्यसपछि सामान्य स्थितिमा फर्कनुहोस् ।

भुजंगासन

भुजंगासन सजिलोसँग गर्नको लागि भुइँमा सुत्नुहोस् ।

हत्केलाहरू छाती नजिक राख्नुहोस् ।

अब विस्तारै श्वास लिँदा आफ्नो छातीलाई माथि उठाउनुहोस् । त्यसपछि विस्तारै आफ्नो पेटको भाग माथि उठाउनुहोस् ।

यो पोजमा ३० सेकेन्डसम्म रहनुहोस् । श्वास छोडेपछि, पहिलाकै अवस्थामा फर्कनुहोस् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ