२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगचाउरीपनाका लागि फाइदाजनक योगासन

चाउरीपनाका लागि फाइदाजनक योगासन


बढ्दो कामको चाप र तनावका कारण मानिसहरु स्वास्थ्यसँग सम्बन्धित मात्र नभएर छालासँग सम्बन्धित समस्याको सिकार भइरहेका छन् । समयसँगै अनुहार र सबै व्यक्तिको छालामा चाउरीपन आउँछ ।

स्वस्थ रहनुका साथै मानिसहरु आफ्नो सौन्दर्यको पनि विशेष ख्याल राख्छन् । आजकल काम, तनाव र खराब जीवनशैलीका कारण धेरै मानिस छाला सम्बन्धि समस्याको शिकार भइरहेका छन् ।

अनुहारको बढ्दो चाउरीपनाले तपाईको सौन्दर्यलाई कम गर्छ । यस्तो अवस्थामा, धेरै सौन्दर्य उत्पादनहरू प्रयोग गरेर पनि चाउरीपनाबाट राहात पाउन गाह्रो हुन्छ । तर, योगासनबाट सजिलै राहात पाउन सक्नुहुन्छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि साथै छालाको लागि पनि योगासनहरु लाभदायक छन् ।

चक्रासन


छालाको सुन्दरता बढाउन चाहनुहुन्छ भने चक्रासन एक उत्तम विकल्प हो । यो आसन गर्नको लागि सबैभन्दा पहिले भुइँमा सुत्नुहोस् । खुट्टालाई दुरीमा राख्नुहोस् । दुई हातको बीचमा पनि खुट्टा समानको दुरी बनाउनुहोस् । हातहरू काँधको नजिक राख्नुहोस् र हत्केलाहरूलाई भुइँमा राख्नुहोस् । श्वास फेर्नुहोस् ।
अब श्वास फेर्दा बाहिर निकाल्दा शरीरको माथिल्लो भाग उठाएर टाउकोलाई भुइँमा राख्नुहोस् । यसपछि श्वास लिँदा टाउको पनि उठाउनुहोस् । कम्मर र टाउको पूरै माथि उठाएर खुट्टा, हात, कम्मर र छाती तन्काउनुहोस् ।

बालासना


बालासनले तपाईंको छालालाई सूर्यको हानीकारक किरणहरूबाट बचाउँछ र शरीरलाई जवान देखाउन पनि मद्दत गर्छ ।
यो आसनका लागि लागि सबैभन्दा पहिले घुँडा टेकेर भुइँमा बस्नुहोस् र हिप्सलाई खुट्टामा राख्नुहोस् । यसपछि टाउकोलाई तल झुकाएर भुइँमा राख्नुहोस् । अब छातीलाई तिघ्रामा राख्नुहोस् र दुवै हातलाई टाउकोको अगाडि सीधा राख्नुहोस् । केही समय यस अवस्थामा बस्नुहोस् ।

चतुरंग दण्डासन

चतुरंग दण्डासन छालाको लागि लाभदायक र शरीरको मुख्य मांसपेशीहरू बलियो बनाउँछ । यसका साथै यो आसन गर्नाले पेटको बोसो पनि घट्छ । यो आसन गर्नका लागि सबैभन्दा पहिले भुइँमा सुत्नुहोस् र दुवै हात छातीको नजिक राख्नुहोस् । अब आफ्नो तौल हातमा राख्नुहोस् र हात टेकेर शरीरलाई जमिनभन्दा माथि उठाउनुहोस् । खुट्टाको औलाहरुले जमिनमा छुनुहोस् ।

हलासना


दैनिक हलासन अभ्यासले तपाईंको छालाको स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ । यसका लागि पहिले आफ्नो भुइँमा सुत्नुहोस् । आफ्नो हत्केला शरीरको नजिक राख्नुहोस् । अब खुट्टा उठाउनुहोस् र हत्केलाले भुइँमा छुनुहोस् । विस्तारै टाउको भएको ठाउँमा खुट्टा लैजानुहोस् । अब हत्केलाले ढाडलाई टेवा दिनुहोस् र केही समय यस आसनमा बस्नुहोस् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ