२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगबाँझोपनमा लाभदायक योगासन

बाँझोपनमा लाभदायक योगासन


गर्भधारण सन्तान प्राप्तिको आशा गुमाएका दम्पत्तिहरूका लागि वरदान हो । गर्भधारणमा समस्या आइरहेका दम्पत्तिहरुलाई योगासनले निकै फाइदा दिन सक्छ ।

योगले प्रजनन क्षमता बढाएर गर्भावस्था हासिल गर्न सकिन्छ । तनाव र चिन्ता प्रजनन क्षमता कमीको कारण हुन सक्छ । बाँझोपनको समस्याबाट बच्न चिकित्सकको सल्लाहसँगै केही योगासनको अभ्यास पनि प्रभावकारी हुन्छ ।

महिला र पुरुष दुवैको प्रजनन क्षमता बढाउन केही लाभदायक योगासनहरू छन् । जसको नियमित अभ्यासले छिटो प्रभाव पार्न सक्छ ।

वुद्धकोनासन

वुद्धकोनासन शरीरको मांसपेशीहरू तन्काउनको लागि गर्न सकिन्छ । यो आसनलाई बटरफ्लाई पोजिसन पनि भनिन्छ । वुद्ध कोनासनको नियमित अभ्यासले घुँडादेखि कम्मरसम्मको मांसपेशीहरू तन्काउँछ । जुन महिलाहरूका लागि धेरै फाइदाजनक हुन्छ ।

पश्चिमोत्तनासन

यो योगासनले मांसपेशीलाई तन्काउन मद्दत गर्छ । पश्चिमोत्तनासनले प्रजनन क्षमतामा सुधार ल्याउनुका साथै मानसिक तनावलाई पनि कम गर्न सक्छ । प्रजनन क्षमता बढाउन नियमित पश्चिमोत्तनासन गर्न सकिन्छ ।

बालासन

बाँझोपनको समस्याबाट छुटकारा पाउनको लागि यो योगासन गर्न सकिन्छ । यस योगासनले रगत सर्कुलेसनलाई बढाउन सकिन्छ । साथै, ढाड, घुँडा, कुहिना र अरु मांशपेशीहरुलाई तन्काउन सकिन्छ ।

नोटः यो लेख योग विशेषज्ञहरूको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिबारे जान्नको लागि तपाईंले योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ