२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगमधुमेहमा उपयोगी योगासन

मधुमेहमा उपयोगी योगासन


मधुमेह एउटा यस्तो रोग हो, जुन रोगसँग आज वृद्धवृद्धा मात्र नभई युवाहरु पनि उत्तिकै लडिरहेका छन् । यसलाई समयमै नियन्त्रण गर्न ध्यान नदिने हो भने यो धेरै गम्भीर समस्याको कारण बन्न सक्छ ।

दिनप्रति दिन मधुमेह रोग तीव्र गतिमा फैलिरहेको छ । यसमा सबैभन्दा बढी टाइप–टू मधुमेहका बिरामीहरु छन् र उनीहरुको संख्या निरन्तर बढिरहेको छ । अनियमित दिनचर्या, खराब खानपान र व्यायामको कमीका कारण मानिसहरु मधुमेहको शिकार भइरहेका छन् ।

केही योगासनहरु छन्, जसलाई नियमित गर्नाले मधुमेहका लागि फाइदाजनक मात्रै छैनन्, अनुहारमा चमक ल्याउन र कपाल झर्न पनि रोक्न सकिन्छ ।

नियमित मन्डुकासन मुद्राको फाइदा

यो योग गर्ने व्यक्तिलाई कहिल्यै मधुमेह हुँदैन् भनिन्छ ।

मधुमेहका बिरामीमा प्याङक्रियाजको कार्यशैलीमा सुधार हुन्छ । जसका कारण शरीरभित्र इन्सुलिन उत्पादन हुन्छ र औषधी वा इन्जेक्सनबाट इन्सुलीन लिनु पर्दैन ।

यो आसनले शरीरको उर्जालाई माथितिर लैजान्छ । जसका कारण अनुहारमा चमक आउन थाल्छ ।

यो आसनले व्यक्तिको बौद्धिक क्षमता पनि बढाउँछ ।

आँखाको समस्या हटाएर आँखाको ज्योति बढाउँछ ।

कान सम्बन्धी समस्यामा पनि रामबाण औषधीको काम गर्छ ।

फोक्सोलाई स्वस्थ राख्छ र शरीरमा अक्सिजन र रक्तसञ्चार सुधार गर्छ ।

कपाल झर्नबाट रोक्छ ।

मन्डुकासन गर्ने तरिका

सबैभन्दा पहिले बज्रासनमा बस्नुहोस् ।

बायाँ हातले मुट्ठी बनाएर नाभीमा राख्नुहोस् ।

औँला नाभीतिर हुनुपर्छ ।

मुट्ठीको स्थिति सही रूपमा राख्न ध्यान दिनुहोस् ।

दाहिने हातको हत्केलाले झण्डा पोज बनाउनुहोस् र यसलाई मुट्ठीको अगाडि राख्नुहोस् ।

अब दाहिने हातले मुट्ठीमा हल्का थिच्नुहोस् ।

पहिला, तल्लो पछाडिको भाग र बीचको पछाडिबाट अगाडि झुक्नुहोस् ।

छाती र अनुहार अगाडि रहनुपर्छ ।

सकेसम्म श्वास रोक्नुहोस् ।

यस स्थितिमा नाभीमा कम्पन महसुस गर्नुहोस् ।

त्यसपछि, श्वास छोड्दा आफ्नो पूरानो स्थितिमा फर्कनुहोस् । शरीर खुकुलो छोड्नुहोस् ।

तपार्इंले महसुस गर्नुहुनेछ कि ऊर्जाको संचारमाथि जाँदैछ । यो स्थिति फेरि दोहो¥याउनुहोस् ।

यो आसन कम्तिमा चारदेखि पाँच पटक दोहो¥याउनुहोस् ।

दैनिक जागरणबाट


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ