२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगरुघाखोकीमा लाभदायक योगासन

रुघाखोकीमा लाभदायक योगासन


बदलिँदो मौसममा धेरै स्वास्थ्य समस्या देखिन्छन् । जसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूलाई सबैभन्दा बढी सताउँछ । त्यसैले यदि तपाईंलाई पनि मनसुनमा चिसो लागेको छ भने केही विशेष योगासनको सहायताले यसबाट राहत पाउन सक्नुहुन्छ ।

योगको माध्यमबाट चिसो मात्र नभई धेरै प्रकारका एलर्जीबाट पनि बच्न सकिन्छ । हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि योग निकै उपयोगी छ । आयुर्वेदमा चिसो र फ्लूबाट बच्नका लागि धेरै घरेलु उपचारहरू छन् । जसले यस समस्याबाट छिट्टै र कुनै साइड इफेक्ट बिना राहत दिन्छ । केही योगासनहरु छन् जसबाट चिसोमा हुन सक्ने रुघाखोकीबाट राहात दिन्छ ।

अनुलोम–विलोम
चिसोको समस्याबाट जतिसक्दो चाँडो राहत चाहनुहुन्छ भने अनुलोम–विलोम निकै फाइदाजनक हुन्छ । यसको अभ्यास धेरै सहज छ । एउटा नाक बन्द गर्ने र अर्को नाक बाट श्वास लिने फेरि अर्को पट्टी पनि त्यस्तै गर्ने श्वास लिने र बाहिर निकाल्ने यही कार्यलाई अनुलोम–विलोम प्राणायाम भनिन्छ । यसले बन्द नाक खोल्छ र फोक्सोमा अक्सिजनको मात्रा बढाउँछ । यसका साथै यो प्राणायाम गर्नाले तनाव पनि हट्छ ।

मतस्यासन

यस आसनको अभ्यासले रुघाखोकी र फ्लूबाट पनि धेरै हदसम्म राहात दिन्छ । चिसो मात्र होइन, यो आसनले श्वास प्रश्वाससम्बन्धी सबै प्रकारका रोगहरूमा फाइदा पु¥याउँछ । यदि तपाईंको काँध र घाँटीमा तनाव छ भने त्यो पनि हट्छ ।

कपालभाती प्राणायाम


कपालभाती चिसो निको पार्न निकै प्रभावकारी हुन्छ । यस प्राणायाममा एउटा नाक बन्द गरे अर्को नाकबाट गहिरो श्वास लिने फेरि अर्को बन्द गरेर पहिलाको नाकबाट गहिरो श्वास लिने गर्नुपर्छ ।

यस्तो गर्दा चिसोका कारण नाकमा हुने जमघट हट्छ र आरामले श्वास फेर्न सकिन्छ । यसका साथै यो प्राणायामले रक्तसञ्चार बढाउँछ र पेट कम गर्छ । चिसो लागेमा यो प्राणायाम २ देखि ३ पटक गर्नुहोस् । छिट्टै राहत मिल्नेछ र शरीर उर्जावान रहनेछ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ