२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगअनुलोम–विलोमका फाइदाहरू

अनुलोम–विलोमका फाइदाहरू


योग शरीरको समग्र स्वास्थ्यको लागि धेरै लाभदायक छ । नियमित योग अभ्यासले शरीरलाई धेरै साना–ठूला रोगबाट बचाउन सकिन्छ । स्वास्थ्य विज्ञहरूले पनि नियमित योगासन गर्न सुझाव दिन्छन् ।

अनुलोम—विलोमको अभ्यासले शरीरमा सकारात्मक उर्जा संचार गर्दछ । साथै धेरै रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । अनुलोम–विलोम एक योगासन हो, जसमा श्वासप्रश्वास समावेश छ । यो योगाभ्यास सबै उमेरका मानिसहरूका लागि सुरक्षित छ । शारीरिक र मानसिक स्वस्थ्यलाई पनि सुधार गर्दछ ।

अनुलोम विलोमको फाइदाहरु

अनुलोम विलोमको अभ्यासले मुटु रोग, उच्च रक्तचाप, गठिया र माइग्रेनको दुखाइजस्ता गम्भीर स्वास्थ्य समस्याबाट मुक्ति दिने धेरै अनुसन्धानले देखाएको छ । अनुलोम विलोमको दैनिक अभ्यास सही तरिकाले गर्दा शरीर र मन दुवै स्वस्थ रहन्छ ।

शारीरिक समस्याबाट बच्नुका साथै मानसिक अवस्था पनि बलियो हुन्छ । अनुलोम विलोम गर्नाले डिप्रेशन, तनाव र चिन्ता टाढा हुन्छ ।
अनुलोम विलोम दम, ब्रोन्काइटिसजस्ता श्वासप्रश्वास सम्बन्धी समस्या निको पार्न लाभदायक हुन्छ ।

अनुलोम विलोमको अभ्यासले क्रोध, बिर्सने, बेचैनी र निराशा जस्ता नकारात्मक भावनाहरूलाई हटाउँछ ।

यो योगाभ्यासले शरीरका तीनवटै दोष वात, कफ र पित्तलाई नियन्त्रण गर्दछ । प्राणायाम गरेर तौल घटाउन सकिन्छ र मेटाबोलिज्मलाई सुव्यवस्थित बनाउन मद्दत गर्छ । छाला चम्किलो र स्वस्थ रहन्छ ।

अनुलोम–विलोम योग अभ्यास गर्ने सही तरिका

चरण १– यो योग अभ्यास गर्न, सबै भन्दा पहिले ध्यान मुद्रामा सिधा बस्नुहोस् ।
चरण २– अब देब्रे हातले ज्ञान मुद्रा बनाउनुहोस् र दाहिने हातको औंलाले दाहिने नाकको प्वाल बन्द गर्नुहोस् र देब्रे नाकबाट श्वास फेर्नुहोस् ।
चरण ३– त्यसपछि बायाँ नाकको प्वाल बन्द गर्नुहोस् र दाहिने नाकबाट श्वास छोड्नुहोस् ।
चरण ४– यो कार्य पुन दोहो¥याउनुहोस् । ध्यान राख्नुहोस् कि यो योग अभ्यासलाई सही तरिकाले गर्दा मात्र लाभ प्राप्त गर्न सकिन्छ ।

(नोटः यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो । सही मुद्रा स्थिति बारे जान्न एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ