२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगपुच्चछरको हड्डीको दुखाइको लागि लाभदायक योगासन

पुच्चछरको हड्डीको दुखाइको लागि लाभदायक योगासन


कार्यलयमा काम गर्ने व्यक्तिहरु अधिकांश समय कुर्सीमा बसेर बिताउँछन् । जसले कम्मर, ढाड, घाँटी र काँधमा दुख्नेजस्ता समस्या निम्त्याइरहेको हुन्छ । डेस्क काम गर्ने व्यक्तिहरूले झेल्नुपर्ने अर्को समस्या पुच्छरको हड्डीमा दुखाइ हो । जसका कारण बस्नै गाह्रो हुन्छ ।

बस्दा पुच्छरको हड्डीमा गहिरो पीडा हुन्छ । यसको लागि औषधी सेवन गर्नु नै आरामको उपाय हो भने यसबाट छुटकारा पाउने अर्को उपाय योग हो । योगको माध्यमबाट पुच्छरको हड्डीको दुखाइबाट धेरै हदसम्म राहत पाउन सकिन्छ ।

सेतुबन्धासन

पुच्छरको हड्डीको दुखाइ कम गर्न ब्रीज पोज अर्थात् सेतुबन्धासन धेरै प्रभावकारी हुन्छ । यसको अभ्यासले पुच्छरको हड्डी पनि बलियो हुन्छ ।

सेतुबन्धासन गर्नको लागि भुइँमा सुत्नुहोस् । खुट्टालाई एकअर्काबाट अलि टाढा राख्नुहोस् र हातहरूलाई शरीरको छेउमा राख्नुहोस् ।
अब घुँडालाई अलिकति माथितिर लैजानुहोस् । हातले खुट्टालाई समात्नुहोस् । श्वास लिने क्रममा कम्मरलाई माथि उठाउनुहोस् । कम्मर र पेटलाई बलियो बनाउनुहोस् । यसले टेलबोनमा दबाब दिन्छ । जति सक्नुहुन्छ यो स्थितिमा रहनुहोस् । त्यसपछि श्वास छोड्दै पहिलाकै स्थितिमा आउनुहोस् ।

धनुरासन

यो आसनले ढाडको मांसपेशी बलियो र लचिलो बनाउँछ । पुच्छरको हड्डीको दुखाइ पनि हट्छ । यो आसनको सहायताले कम्मर, कम्मर, काँध र घाँटीको दुखाइलाई एकैपटक हटाउँछ ।

यसका लागि सबैभन्दा पहिले योगा म्याटमा सुत्नुहोस् ।
घुँडा झुकाउनुहोस् र हातले खुट्टाको औंलाहरू समात्नुहोस् ।
श्वास लिँदा हातले खुट्टालाई माथि तान्नुहोस् ।
यस आसनमा शरीर धनुषजस्तो देखिन्छ ।
आफ्नो क्षमताअनुसार यही स्थितिमा रहनुहोस् । त्यसपछि त्यही स्थितिमा फर्कनुहोस् ।
यो आसन गर्नाले पनि मेरुदण्ड बलियो र लचिलो हुन्छ । यसका साथै पेटको मोटोपन पनि कम हुन्छ । ढाड दुख्ने समस्या हटाउन यो आसन निकै फाइदाजनक हुन्छ ।

भुजंगासन

यो आसन गर्नाले पनि मेरुदण्ड बलियो र लचिलो हुन्छ । ढाड दुख्ने समस्यालाई हटाउन यो आसन निकै फाइदाजनक हुन्छ ।

यो आसनको लागि सबैभन्दा पहिले म्याटमा सुत्नुहोस् । हत्केलालाई छाती नजिक राख्नुहोस् ।
खुट्टालाई एकसाथ सिधा राख्नुहोस् अथवा टाढामा पनि राख्न सकिन्छ ।

श्वास लिने क्रममा शरीरको अगाडिको भागलाई माथितिर उठाउनुहोस् । ध्यान राख्नुहोस् कि कम्मरको तलको भाग भुइँमा मात्र जोडिएको हुनुपर्छ । १०–२० सेकेन्डको लागि यही अवस्थामा रहनुहोस् । त्यसपछि श्वास छोड्दा विस्तारै सामान्य स्थितिमा फर्कनुहोस् ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ