२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगरक्तअल्पतामा फाइजनक योगासन

रक्तअल्पतामा फाइजनक योगासन


शरीरमा आइरनको कमी हुँदा एनिमियाको समस्या सुरु हुन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरूमा अक्सिजन पुर्‍याउने रातो रक्त कोषिकाको कमी हुन्छ । यो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । खानाबाहेक शरीरमा रगतको पुर्तिको लागि केही योगासन गर्न सकिन्छ ।

जसमा एनिमियाको समस्या सामान्य बन्दै गएको छ । धेरैलाई रक्तअल्पता अर्थात् रगतको कमी हुन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरूमा अक्सिजन पुर्‍याउने रातो रक्त कोषिकाको कमी हुन्छ । एनिमिया हुँदा थकान, टाउको दुख्ने, कमजोरी हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।

प्राणायाम

प्राणायाम गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ । यसका साथै फोक्सोमा अक्सिजनको प्रवाह पनि ठीक रहन्छ । प्राणायामले मानसिक शान्ति दिन्छ । जसले तनावलाई पनि कम गर्छ र एनिमियाको समस्या पनि कम गर्छ ।

प्राणायाम गर्न सुखासन वा पद्मासनको स्थितिमा भुइमा बस्नुहोस् । मेरुदण्ड सीधा राख्नुहोस् । आँखा बन्द गर्नुहोस् र श्वासमा ध्यान केन्द्रीत गर्नुहोस् । हत्केलाहरू घुँडाभन्दा माथि राख्नुहोस् । औँलाले दायाँ नाकको प्वाललाई विस्तारै बन्द गर्नुहोस् । देब्रे नाकबाट श्वास लिनुहोस् । दाहिने नाकको प्वालबाट सास फेर्नुहोस् । त्यसपछि दायाँबाट श्वास लिनुहोस । अब बायाँबाट मात्र श्वास छोड्नुहोस् ।

कपालभाती

कपालभाती पेटको बोसो घटाउनको लागि सबैभन्दा सजिलो छ । कपालभाती गर्नाले तौल छिट्टै घट्छ, यसका साथै शरीरमा रगतको प्रवाह पनि रहन्छ र एनिमियाका बिरामीलाई पनि फाइदा हुन्छ ।

कपालभाती गर्न सुखासन वा पद्मासनको पोजिसनमा भुइँमा बस्नुहोस् । अब गहिरो श्वास लिनुहोस् । सास छोड्दा पेटभित्र तान्नुहोस् ।

सर्वाङ्गासन

सर्वांगासन गर्दा पनि शरीरमा रगत बढ्छ । यो आसन गर्नाले मेरुदण्ड बलियो हुन्छ । एनिमिया भएकाहरुलाई पनि फाइदाजनक छ ।

सर्वांगासन गर्न पहिले भुइँमा सुत्नुहोस् । अब कम्मरमा हात राखेर खुट्टालाई माथि उठाएर ९० डिग्रीसम्म लैजानुहोस् । यस अवधिमा आफ्नो टाउको, काँध र हातले मात्र जमिन छुनुपर्छ र बाँकी शरीरलाई माथि उठाउनुहोस् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ