२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगग्यास्ट्रिकमा लाभदायक तीन योगासन

ग्यास्ट्रिकमा लाभदायक तीन योगासन


ग्यास्टिकको समस्या अहिले आम सामान्यका रुपमा देखिएको छ । कहिलेकाही यो समस्याले अवस्था गम्भीर बन्न पुग्छ । खराब जीवनशैली र असन्तुलित खानपानका कारण पेटसम्बन्धी समस्या आउन सक्छ ।

ग्यास्टिकको समस्याबाट छुटकारा पाउन धेरै पटक मानिसहरु औषधीको सहारा लिने गर्छन् । तर, पेटसम्बन्धी रोगको उपचारमा लामो समयसम्म औषधी प्रयोग गर्नु हुँदैन् ।

पिरो मसलादार खानेकुरा र अत्याधिक मीठो खानेकुराको अत्याधिक सेवनले ग्यास्टिक र एसिडिटीको बढ्न सक्छ । धुम्रपान, चिया र कफीले पनि यो समस्या बढाउँछ । केही सरल योगासनलाई आफ्नो दिनचर्याको हिस्सा बनाएर यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

बज्रासन


बज्रासन खाना पचाउन, ग्यास र एसिडिटीको सम्भावना कम गर्न प्रभावकारी हुन्छ । बज्रासन योगले पाचन सम्बन्धी समस्याहरू हटाउन मद्दत गर्छ । कब्जियत, एसिडिटी, पायल्स, आन्द्रा र ग्यास आदि निको पार्न बज्रासन योग गर्न सकिन्छ ।

बज्रासन गर्न दुवै खुट्टाका औंलाहरू एकसाथ राख्नुहोस् र घुँडा टेकेर बस्दा हिललाई अलग राख्नुहोस् । टाउको र ढाड सिधा राखेर, घुँडा जोड्नुहोस् । आँखा बन्द गर्नुहोस् । सामान्य रूपमा श्वास फेर्नुहोस् र कम्तिमा १० मिनेट बस्नुहोस् ।

बालासना


ग्यास्टिकको समस्याबाट बच्न बालासन गर्न सकिन्छ । यस आसनले पेटको भित्री अंगलाई राम्रोसँग मालिस गर्छ ।

यो योग गर्न मेरुदण्ड सिधा राखेर बज्रासनको आसनमा बस्नुहोस् । श्वास फेर्दा दुवै हातमाथि उठाउनुहोस् । श्वासबाहिर निकाल्दा दुवै हात सिधा राखेर निधारलाई भुइँमा राख्नुहोस् । कम्मरको माथिल्लो भागलाई अगाडि झुकाउनुहोस् र ३० सेकेन्डसम्म यही आसनमा रहनुहोस् । त्यसपछि बज्रासन मुद्रामा फर्कनुहोस् ।

हलासना

ग्यास्टिकको समस्याबाट छुटकारा पाउन सकिने अर्को आसन हलासनको अभ्यास हो । हलासनले कब्जियत, अपच र अन्य पाचन समस्याहरुको लागि प्रभावकारी हुन्छ ।

यो आसन गर्नको लागि आफ्नो भुइँमा सुत्नुहोस् र आफ्नो हत्केलालाई भुइँमा राख्नुहोस् । श्वास लिँदा, आफ्नो खुट्टामाथि उठाउनुहोस् र ९० डिग्रीको कोण बनाउनुहोस् । विस्तारै श्वास फेर्दा खुट्टाको औंलाले भुइँमा छुने प्रयास गर्नुहोस् । कम्मरबाट हातहरू हटाउनुहोस् र तिनीहरूलाई सिधा भुइँमा राख्नुहोस् । यो आसनमा हुँदा सामान्य रूपमा शस लिनुहोस् र सामान्य स्थितिमा फर्कनुहोस् ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ