२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगपेट भरिने समस्याका लागि फाइदाजनक योगासन

पेट भरिने समस्याका लागि फाइदाजनक योगासन


खाना खाएपछि यदि पेट भरिन्छ भने पाचनसँग सम्बन्धित समस्या हुन सक्छ । पेट भरिने समस्या अर्थात ब्लोटिङ भनिन्छ । यो पेटमा ग्यास्ट्रोइन्टोइनल वा ग्यास भरिएर हुन्छ । केही यस्ता खास योगासनहरु छन्, जसले ब्लोटिङको समस्याबाट राहात दिन्छन् ।

ब्लोटिङको समयमा खाना खाएपछि पेट फुलेको महसुस हुन्छ । केही खान पनि मन लाग्दैन । बेला—बेलामा पेट पनि दुख्न सक्छ । यस्तो समस्या छ भने योगले तपाईंलाई धेरै हदसम्म मद्दत गर्न सक्छ ।

धनुरासन

यो आसन गर्नको लागि भुइँतिर फर्केर सुत्नुहोस् ।
खुट्टालाई विस्तारै माथितिर उठाउनुहोस् र हातले खुट्टा समाउनुहोस् ।
लामो गहिरो श्वास लिएर हातले खुट्टामाथि तान्नुहोस् ।
यो आसन गर्दा शरीरको आकार धनुषजस्तो देखिन्छ ।
सक्दो यो स्थितिमा रहनुहोस् । त्यसपछि श्वास छोड्दै तल आउनुहोस् ।
अब सामान्य अवस्थामा आउनुहोस् ।
यो सजिलै ३ देखि ५ पटकसम्म दोहो¥याउनुहोस् ।

भुजंगासन

यो आसन गर्न भुइँमा पेट राखेर सुत्नुहोस् ।
हात टेकेर छातीलाई माथि उठाउनुहोस् ।
पेट पनि अलिकतिमाथि उठाउनुहोस् तर नाभीको मुनिको भागलाई भुइँमा जोडेर राख्नुपर्छ । आफ्नो क्षमताअनुसार यो स्थितिमा रहनुहोस् ।
श्वास छोड्दा विस्तारै आफ्नो पेट, छाती र टाउको तल राख्नुहोस् ।
यो आसन ३–५ पटक सम्म गर्न सक्नुहुन्छ ।

पवनमुक्तासन

यो आसन गर्नको लागि सबैभन्दा पहिले भुइँमा सुत्नुहोस् ।
अब आफ्नो दुवै खुट्टासँगै उठाउनुहोस् र आफ्नो घुँडा खुम्चाउनुहोस् ।
अब श्वास लिँदा दुवै हातले घुँडालाई बाँध्नुहोस् । जसले गर्दा पेटमा दबाब आउँछ । यसले ग्यास छोड्न सक्छ ।
अब घुँडाले नाक छुने प्रयास गर्नुहोस् ।
लगभग ३०–६० सेकेन्डको लागि यो स्थितिमा रहनुहोस् ।
त्यसपछि विस्तारै पहिलो स्थितिमा फर्कनुहोस् ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ