२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगउच्च रक्तचापमा फाइदाजनक योगासन

उच्च रक्तचापमा फाइदाजनक योगासन


दौडधुप, तनाव, विलासी जीवनशैलीलगायतका कारण धेरै मानिस उच्च रक्तचापको शिकार भएका छन् । यस्तो अवस्थामा यो समस्याबाट छुटकारा पाउन मानिसहरुले अनेक उपाय अपनाउने गर्छन् । यदि तपाईं पनि उच्च रक्तचापबाट त्रसित हुनुहुन्छ भने यी योग आसनहरूलाई आफ्नो दैनिकीमा समावेस गरेर स्वस्थ र लामो जीवन जिउन सक्नुहुन्छ ।

औषधीबाहेक योगको सहायताले पनि उच्च रक्तचापबाट छुटकारा पाउन सकिन्छ । योग एक प्राचीन अभ्यास हो, जसले शारीरिक आसन, नियन्त्रित श्वास र ध्यानको मद्दतले रक्तचाप कम गर्न मद्दत गर्दछ । यस्तो अवस्थामा स्वस्थ जीवनशैली अपनाएर र यी आसनहरूको नियमित अभ्यासले उच्च रक्तचापको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

शवासन

शवासन एक रिलेक्सेसन पोज हो । जसले शरीरलाई आराम दिनुका साथै तनाव कम गर्न मद्दत गर्छ ।
यसका लागि भुइमा सिधा सुत्नुहोस् । अब हातलाई छेउमा राख्नुहोस् र खुट्टा थोरै फैलाएर आफ्नो शरीरलाई आराम दिनुहोस् । यस आसनमा केही समय बस्दा तनावबाट मुक्ति पाउन र रक्तचापलाई स्थिर बनाउन मद्दत पुग्छ ।

भुजंगासन


भुजंगासन गर्न भुइँमा सुत्नुहोस् । पेटमा बल पार्दै टाउको माथि उठाउनुहोस् र आफ्नो कम्मरदेखि तलको भागलाई भुइँमै राख्नुहोस् । यो योग आसनले पनि रक्त सञ्चार सुधार गर्नुका साथै तनाव कम गर्छ ।

धनुरासन


यो आसन गर्न भुइँतिर फर्केर सुत्नुहोस् । अब हातले खुट्टाको औंला समातेर केही समय यही मुद्रामा बस्नुहोस् । मांशपेशी र हड्डीलाई लचिलो र बलियो बनाउनुका साथै यो योग आसनले ढाड र ढाडको दुःखाइबाट राहत प्रदान गर्छ । साथै, यसले रक्तचाप नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्छ ।

पश्चिमोत्तनासन


पश्चिमोत्तनासन एक अग्रगामी आसन हो । जसले दिमागलाई शान्त पार्न र मेरुदण्डलाई बलियो बनाउन मद्दत गर्दछ । यस आसनले पेटका अंगहरूलाई उत्तेजित गर्छ । जसले गर्दा राम्रो पाचन र रक्त संचारलाई बढावा दिन्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ