२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीर फिट राख्न गर्नुहोस् यी ४ योगासन

शरीर फिट राख्न गर्नुहोस् यी ४ योगासन


योग अभ्यासले तौल नियन्त्रण मात्र गर्दैन । यसले लामो समयसम्म स्वस्थ रहन मद्दत पनि गर्छ । योगाले स्वास्थ सँग सम्बन्धित धेरै स्वास्थ समस्याहरुलाई राहात दिन्छ । शरीरलाई स्वास्थ राख्न नियमित योगासन गर्नुहोस् ।

खराब जीवनशैलीका कारण मानिसहरुलाई धेरै स्वास्थ समस्या भइरहेको छ । अस्वस्थकर खानाले पनि मानसिहरुलाई धेरै फरक पारिरहेको छ । यस्तोमा आफूलाई फिट राख्न चाहनुहुन्छ भने आफ्नो जीवनशैलीमा यी चार योगासनहरु समावेस गर्नुहोस् ।

त्रिकोणासन

यो आसन गर्न सिधा उभिनुहोस् । खुट्टालाई कुमको चौडाइमा फटाउनुहोस् ।
अब विस्तारै दाहिने हातले दाहिने खुट्टा छुनुहोस् । श्वास लिँदै देब्रे हातलाई सिधा माथितिर उठाउनुहोस् । माथि उठाएको हातमा फोकस गर्नुहोस् ।
अब अर्को हात र खुट्टामा पनी यही प्रक्रिया दोहा¥याउनुहोस् ।

बालासन

यो आसनको लागि भुइमा घुँडा टेक्नुहोस् । हिपलाई खुट्टामाथि राख्नुहोस् ।
श्वास लिँदै हातलाई माथि उठाउनुहोस् । फेरि श्वास छोड्दै टाउकोले म्याटमा छुनुहोस् र हातले जमिनमा छुनुहोस् ।
जबसम्म यो पोजिसनमा बस्न सक्नुहुन्छ बस्नुहोस् ।
अब विस्तारै उठ्नुहोस् । यो आसनलाई चार पाँच पटक दोहा¥याउनुहोस् ।

पश्चिमोत्तनासन

यो आसन गर्नको लागि भुइमा बस्नुहोस् । दुबै खुट्टा फैलाउनुहोस् ।
श्वास लिँदै हातलाई माथि उठाउनुहोस् । श्वास छोड्दै दुवै हातले खुट्टाको औला समात्ने प्रयास गर्नुहोस् ।
यो समयमा घुडालाई सिधा राख्नुहोस् ।
जति सक्नुहुन्छ यो स्थितिमा रहनुहोस् ।

भुजंगासन

यो आसन गर्नको लागि भुइँतिर फर्केर सुत्नुहोस् ।
हत्केलाहरु छातीको नजिक राख्नुहोस् ।
अब विस्तारै श्वास लिँदै छातीलाई माथि उठाउनुहोस् ।
अब विस्तारै आफ्नो पेटको भागलाई माथि उठाउनुहोस् ।
यो पोजिसनमा ३० सेकेन्डसम्म रहनुहोस् ।
अब श्वास छोड्नुहोस् र नर्मल पोजिसनमा फर्किनुहोस् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ