२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगहंसासनका फाइदा र हंसासन गर्ने सही तरिका

हंसासनका फाइदा र हंसासन गर्ने सही तरिका


दौडधुपको कारण मानिसहरुले आफ्नो स्वास्थ्यमा ध्यान दिन सकेको छैनन् । फलस्वरूप बुढेसकालमा हुने शारीरिक समस्या सानै उमेरमा देखिन थालेको छन् । शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै कम शारीरिक परिश्रमका कारण शरीर दुख्ने र तौल बढ्ने समस्याहरु हुन थालेको छ ।

योग शारीरिक र मानसिक स्वास्थ्यको लागि धेरै लाभदायक छ । विभिन्न प्रकारका योगासनहरू छन् । जुन विभिन्न शारीरिक समस्याहरूमा प्रभावकारी हुन्छन् तर हंसासन योगलाई दैनिक दिनचर्यामा समावेस गरेर विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हंसासन योगको अभ्यासले मेरुदण्डको हड्डीको समस्या हट्छ । साथै, सबै प्रकारको शारीरिक पीडाबाट पनि छुटकारा दिन्छ । पेटको बोसो कम हुन्छ ।

हंसासन अभ्यास गर्दा हुने फाइदा

हंसासन योगको नियमित अभ्यासले छाती बलियो हुन्छ । शरीर स्वस्थ रहन्छ ।
हंसासनको अभ्यासबाट पेटको बोसो घटाउन सकिन्छ र तौल बढ्नबाट बच्न सकिन्छ ।
हात र खुट्टाको मांसपेशी बलियो बनाउनका लागि दैनिक केही समय हंसासना गर्नु लाभदायक हुन्छ ।
हंसासनको अभ्यासले पाचन प्रणालीमा सुधार गर्छ ।
यो आसन नियमित गर्नाले शरीरको रक्त सञ्चार बढ्छ । अनुहारमा चमक आउँछ र छाला स्वस्थ रहन्छ ।
हंसासन योगको अभ्यास मानसिक शान्तिको लागि पनि लाभदायक छ ।

हंसासना अभ्यास गर्ने सहि तरिका

स्टेन १ः भुइँमा घुँडा टेकेर बस्नुहोस् । दुवै खुट्टाको औंलालाई एकै ठाउँमा राख्नुहोस् र घुँडाहरू अलग गर्नुहोस् । हत्केलाहरू भुइँमा राखेर, औंलाहरूलाई खुट्टातिर राख्नुहोस् ।
स्टेप २: अब दुवै हातको नाडीलाई नजिक ल्याउँदा हातको अगाडिको भागलाई शरीरको नजिक राखेर अगाडि झुकाउनुहोस् ।
स्टेप ३ : यस समयमा पेट कुहिनोभन्दा माथि र छाती हातको माथिल्लो भागमा हुनुपर्छ । सन्तुलन बनाउँदा खुट्टालाई विस्तारै पछाडि सिधा गर्ने प्रयास गर्नुहोस् ।
स्टेप ४ : अब हातलाई एकसाथ राखेर, औंलाहरू जमिनमा राख्नुहोस् र शरीरको वजन औंलाहरुमा पार्नुहोस् ।
स्टेप ५ : केही समय यस पोजिसनमा बस्नुहोस् तर औंलाहरूमा धेरै जोर नदिनुहोस् । त्यसपछि भुइँमा घुँडा टेकेर बज्रासनमा बस्नुहोस् ।

नोटः तपाईंले यो आसन नियमित रूपमा करिब १० मिनेटसम्म गर्न सक्नुहुन्छ । यद्यपि प्रारम्भमा योग प्रशिक्षकको सहयोगमा अभ्यास गर्नुहोस् ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ