२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरमा रगत बढाउन लाभदायक योगासन

शरीरमा रगत बढाउन लाभदायक योगासन


शरीरमा रगतको भूमिका निकै महत्वपूर्ण छ । रगतले फोक्सोबाट कोषिकाहरुमा अक्सिजन पु¥याउँछ र कोषिकाहरुबाट फोक्सोमा कार्बन डाइअक्साइड लैजान्छ । खानाबाट प्राप्त पोषणतत्व, ग्लुकोज पनि कोषिकासम्म पु¥याउँछ । हर्मोनहरु रगतको माध्यमबाट मात्र शरीरको उपयुक्त ठाउँमा पुग्छ ।

पोषणतत्वको कमी र अन्य धेरै कारणहरुले रगत सम्बन्धि धेरै रोगहरु लाग्छ । जसको कारण शरीरले सही तरिकाले कार्य गर्न सक्दैन् । रगतको कमीले शरीरमा रक्तअल्पत्ता, रगत जम्ने र ब्लड क्यान्सरजस्ता विभिन्न रोग लाग्न सक्छ ।

योग विशेषज्ञकाअनुसार रगत सम्बन्धि रोगहरु एनिमिया हटाउन रक्तप्रवाह सुधार गर्न र रगत जम्ने समस्यालाई रोक्न नियमित योगासनहरु गर्नुपर्छ ।

उज्जाई प्राणायाम

उज्जाई प्राणायामको अभ्यासले शरीरमा अक्सिजनको स्तर बढाउँछ । यो योगासनले पाचन प्रणाली राम्रो हुन्छ । योगाको नियमित अभ्यासले रातो रक्त कोषिकाको निर्माण हुन्छ ।

उज्जाई प्राणायाम
स्टेप–१ः पद्यमासानको स्थितिमा बस्नुहोस् ।
स्टेप–२ः श्वास लिँदै आफ्नो ध्यान घाँटीमा केन्द्रित गर्नुहोस् ।
स्टेप–३ः श्वास लामो र गहिरो लिनुहोस् ।

यो दशदेखि पन्ध्र मिनेट सम्म गर्नुहोस् ।

सूर्यभेदी प्राणायाम

सूर्यभेदी प्राणायामको अभ्यासले शरीरमा उर्जा प्राप्त हुन्छ । रगतसँग सम्बन्धित रोगहरु कम हुन्छ । यो आसनले रातो रंगको रक्त कोषिकाको निर्माणमा मद्दत गर्छ । यो योग अभ्यासले दम, खोकी, कफ र पापाइल्सजस्ता समस्याबाट राहत मिल्छ ।

स्टेप १ः सबैभन्दा पहिला सुखासनको स्थितिमा बस्नुहोस् । कम्मर, गर्धन र ढाडलाई सिधा गर्नुहोस् ।
स्टेप २ः बाँया हातको औलाहरुलाई बााया घुँडामाथि राख्नुहोस् र दायाँ हातको औलाहरुले दाँयापट्टीको नाक बन्द गर्नुहोस् ।
स्टेप ३ः अब दाँयापट्टीको नाक छोड्दै बाँयापट्टीको नाक बन्द गर्नुहोस् र गहिरो श्वास लिनुहोस् ।
स्टेप ४ः यो प्रक्रियालाई दश पटक दोहो¥याउनुहोस् ।

(नोटः यो लेख योग गुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थितिबारे जान्नको लागि कुनै पनि योग गुरुलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ