२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगअनुलोम–विलोम योग गर्ने तरिका र फाइदा

अनुलोम–विलोम योग गर्ने तरिका र फाइदा


योग शरीरको समग्र स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । नियमित योग अभ्यासले शरीरलाई साना–ठूला रोगबाट बचाउन सकिन्छ । स्वास्थ्य विज्ञहरूले पनि नियमित योगासन गर्न सुझाव दिन्छन् ।

अनुलोम विलोमको अभ्यासले शरीरमा सकारात्मक उर्जा संचार गर्दछ । साथै धेरै रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । अनुलोम–विलोम एक योगासन हो, जसमा श्वासप्रश्वास समावेश छ । यो योग अभ्यास सबै उमेरका मानिसहरूका लागि सुरक्षित छ । यस योगासनले शारीरिक र मानसिक स्वस्थ्यलाई पनि सुधार गर्दछ ।

अनुलोम–विलोमको फाइदाहरु

अनुलोम विलोमको अभ्यासले मुटु रोग, उच्च रक्तचाप र माइग्रेनजस्ता गम्भीर स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ । अनुलोम–विलोमको दैनिक अभ्यास सही तरिकाले गर्दा शरीर र मन दुवै स्वस्थ रहन्छ ।

शारीरिक समस्याबाट बच्नुका साथै मानसिक अवस्था पनि बलियो हुन्छ । अनुलोम विलोमले डिप्रेशन, तनाव र चिन्ताबाट टाढा रहन सकिन्छ ।
अनुलोम–विलोम दम, ब्रोन्काइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी समस्याको लागि लाभदायक हुन्छ ।

अनुलोम–विलोमको अभ्यासले क्रोध, बिर्सने, बेचैनी र निराशा जस्ता नकारात्मक भावनाहरूलाई हटाउँछ ।

यो योगासन गरेर तौल घटाउन र मेटाबोलिज्मलाई सुव्यवस्थित बनाउन सकिन्छ । साथै छाला चम्किलो र स्वस्थ रहन्छ ।

अनुलोम–विलोम योग गर्ने सही तरिका

चरण १ -ध्यान मुद्रामा सिधा बस्नुहोस् ।
चरण २– अब देब्रे हातले ज्ञान मुद्रा बनाउनुहोस् र दाहिने हातको औंलाले दाहिने नाकको प्वाल बन्द गर्नुहोस् र देब्रे नाकबाट श्वास फेर्नुहोस् ।
चरण ३– अब बायाँ नाकको प्वाल बन्द गर्नुहोस् र दाहिने नाकबाट श्वास छोड्नुहोस् ।
चरण ४– यो कार्य पुन दोहो¥याउनुहोस् । यो योगाभ्यासलाई सही तरिकाले गर्दा मात्र लाभ प्राप्त गर्न सकिन्छ ।

(नोटः यो लेख योग गुरुहरूको सुझावको आधारमा तयार गरिएको हो । सही मुद्रा स्थितिबारे जान्न कुनै पनि योग विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।)

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ