२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगशरीरलाई तन्दुरुस्त राख्न गर्नुहोस् यी योग आसन

शरीरलाई तन्दुरुस्त राख्न गर्नुहोस् यी योग आसन


योग गर्नाले तौल र बोसो घटाउने मात्र होइन, यसको अभ्यासले लामो समयसम्म स्वस्थ जीवन जिउन सकिन्छ । योगले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू निको पार्छ । आजकल बदलिँदो जीवनशैली र गलत खानपानका कारण मानिसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । आफूलाई फिट राख्न जीवनशैलीमा यी योग आसनहरू समावेश गर्न सक्नुहुन्छ । यस आसनले लामो समयसम्म स्वस्थ र तन्दुरुस्त रहन सकिन्छ ।

त्रिकोणासन

यो आसन गर्नका लागि आफ्नो खुट्टालाई काँध जत्तिकै चौडाइमा फैलाउनुहोस् । दुबै हातहरू काँधको सीधा फैलाउनुहोस् । श्वास लिँदा बाँया हात माथि उठाउनुहोस् र श्वास बाहिर निकाल्दा दाहिने हातले दाहिने पञ्जा छुनुहोस् । र माथिल्लो हातहरूमा फोकस गर्नुहोस् । अब अर्को खुट्टा र हातले सोही कार्य गर्नुहोस् ।

बालासना

यो सजिलो गर्न भुइँमो घुँडा टेकेर बस्नुहोस् । खुट्टा माथि हिप राख्नुहोस् । श्वास लिने क्रममा हातहरू माथि उठाउनुहोस् । त्यसपछि श्वास छोड्दा शरीरलाई अगाडि लैजानुहोस् र हातले जमिन छुने प्रयास गर्नुहोस् । भुँइमा निधार राख्नुहोस्, जति सक्नुहुन्छ यो स्थितिमा रहनुहोस् ।
अब बिस्तारै पहिलाकै स्थितिमा आउनुहोस् । यो आसन ४–५ पटक दोहोर्याउनुहोस् ।

पश्चिमोउत्तानासन

यो आसन गर्नका लागि सबैभन्दा पहिले भुइँमा सीधा बसेर दुवै खुट्टा फैलाउनुहोस्। श्वास लिँदा दुवै हातलाई माथि उठाउनुहोस् । श्वास छोड्दा दुवै हातले खुट्टाको औंला समात्ने प्रयास गर्नुहोस् ।

यस समयमा तपाईंको घुँडाहरू झुक्नु हुँदैन र खुट्टाहरू पनि जमिनमा हुनुपर्छ । जति सक्नुहुन्छ यो स्थितिमा रहनुहोस् र त्यसपछि सामान्य स्थितिमा फर्कनुहोस् ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ