२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयोगस्कोलियोसिसबाट छुटकारा पाउन सकिने योगासन

स्कोलियोसिसबाट छुटकारा पाउन सकिने योगासन


स्कोलियोसिस मेरुदण्डसँग सम्बन्धित समस्या हो । स्कोलियोसिसले हड्डी बाँगिएको वा टेढो बनाउँछ । यसले मेरुदण्डको माथिल्लो भागलाई र तल्लो भागलाई धेरै असर गर्ने हुन्छ । यो समस्याले धेरै दुखाई हुन्छ र सर्जरी गर्नुपर्ने स्थिति हुन्छ । योगा मेरुदण्ड सम्बन्धि समस्याबाट छुटकरा पाउने प्रभावकारी उपाय हो ।

एक अध्ययन अनुसार हप्तामा कम्तिमा तीन दिन ९० सेकेन्ड सम्म योग अभ्यास गरेर स्कोलियोसिसको समस्याबाट राहात पाउन सकिन्छ । योगको माध्यमबाट ३ महिनामा स्कोलियोसिसको सुधार गर्न सकिने उक्त अनुसन्धानले दावी गरेको छ ।

वशिष्ठासन
स्कोलियोसिस भएमा वशिष्ठासन अभ्यास गर्नुपर्छ । मेरुदण्ड कमजोर भएको साइड बाट अभ्यास गर्नुहोस् । यो योग अभ्यास गर्नको लागि पहिले दण्डासन आसनमा भुइँमा बस्नुहोस् । त्यसपछि देब्रे हात भुइँमा राखेर शरीरको भार हातमा पार्नुहोस् । । अब देब्रे खुट्टालाई दाहिने खुट्टामा राख्नुहोस् र दाहिने हात उठाएर तिघ्रामा राख्नुहोस् । शास फेर्दा केही क्षण यही स्थितिमा रहनुहोस् । अब श्वास छोड्नुहोस् र सामान्य स्थितिमा फर्कनुहोस् ।

मार्जरी आसन

ढाड वा मेरुदण्डमा दुखाइ भएमा मर्जारी आसनको अभ्यास गर्नुहोस् । यो अभ्यास गर्न घुँडा र हात टेक्नुहोस् र आफ्नो मेरुदण्डलाई माथितिर उठाउनुहोस् । श्वास लिने क्रममा टाउकोलाई छततर्फ लैजानुहोस् र शरीरको नाभिको भागलाई तलतिर झुकाउनुहोस् । श्वास छोड्ने क्रममा चिनले छातीमा छुनुहोस् । र मेरुदण्डलाई उठाउनुहोस् । यो आसनको चारदेखि पाँच पटक अभ्यास गर्नुहोस् ।

पदहस्तासन
यो आसन अभ्यास गर्न, आफ्नो दुवै खुट्टा सीधा गरेर उभिनुहोस् । र आफ्नो हातले शरीरमा जोडी राख्नुहोस् । श्वास लिदा, हातहरूलाई टाउको माथि लैजानुहोस् । श्वास छोड्दा मेरुदण्ड सिधा राख्नुहोस्। । यस समयमा घुँडा र हातलाई सिधा राखेर अगाडि झुक्नुहोस् । अब हातले खुट्टा समाउने प्रयास गर्नुहोस् ।

नोटः यो लेख योगगुरुको सुझावको आधारमा तयार गरिएको हो । आसनको सही स्थिति बारे जान्नको लागि एक विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ